
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.०८ अङ्कले घटेर २३६.२६ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा वरुण हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता छिमेक लघुवित्त विकास बैंकको १४ लाख १८ हजार ५५७ कित्ता र लक्ष्मी बैंकको ७० लाख १३ हजार ६०६ कित्ता हकप्रद सेयर सूचीकृत भएका छन् ।
Post a Comment