Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

तीन दल बैठकमा पुनःनिर्माण प्राधिकरण गठनमा सहमतिको पहल

काठमाडौँ, १९ कात्तिक । तराई–मधेसमा मधेस केन्द्रित दलको जारी आन्दोलन र ती दलका मागका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठक बिनानिष्कर्ष सकिएको छ ।
बैठकमा विनाशकारी ‘गोरखा भूकम्प’पछिको पुनःनिर्माण प्राधिकरण गठन गर्ने विषयमा पनि छलफल भएको थियो । अघिल्लो सरकारले पुनःनिर्माण प्राधिकरण अध्यादेश ल्याए पनि त्यसको अवधि सकिएपछि पुनः निर्माणका कामले गति पाउन सकेको थिएन । यसबारे सरकारले संसद्मा नयाँ विधेयक ल्याउनुपर्नेछ । गत वैशाख १२ को विनासकारी भूकम्पपछि सो प्राधिकरण गठनमा तीन दलबीच विगतमा सहमति भएको थियो ।
सरकारले राष्ट्रिय महत्वका सवालमा प्रतिपक्षी दल नेपाली काँग्रेससँग पनि छलफल गर्दै जाने क्रममा बैठक गरिएको र आगामी दिनमा पनि यस्ता छलफल कायम राख्ने गरी बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
नयाँ सरकार बनेपछि राजनीतिक समस्या समाधानबारे आज पहिलो पटक प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको हो । बैठकमा सरकारको नेतृत्व गरिरहेको नेकपा ९एमाले०, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र एनेकपा माओवादीका नेता सहभागी हुनुभएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget