Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

'भोजपुरको टेम्केमा ३३ तले टावर ठड्याउँछु': गोपाल किराँती

काठमान्डौ , १९ कार्तीक ।


पूर्व पर्यटनमन्त्री तथा एमाओवादीका एक प्रभावशाली नेता गोपाल किराँती यतिबेला भोजपुरको पश्चिमी क्षेत्रमा पर्ने टेम्के लेकमा बस्दै आएका छन् । समुन्द्री सतहदेखि २,५९९ मिटर अग्लो ठाउँमा रहेको टेम्के बेसक्याम्प भवनमा उनको दैनिकी बित्छ । भैंसी, कुखुरा पाल्दै आएका किराँती झन्डै एक वर्षयता यस लेकमा बस्दै आएका छन् ।gopal kirati


काठमाडौंबाट यस लेकमा बसाँई सर्नुको एउटै उद्देश्य टेम्के डाँडामा टावर उभ्याउन रहेको उनले सुनाए । ३,०१० मिटर उचाईमा रहेको टेम्के डाँडामा ३६५ फिट अग्लो ३३ तले टावर बनाउने सपना बुनेका किराँतीले यसको अभियान सुरु गरेको पनि झन्डै ६ वर्ष पुगिसकेको छ । पूर्वको कर्णाली भनेर चिनिने भोजपुरको दूर्गम यस भेगलाइ पर्यटकीय क्षेत्र बनाउने सपना बुन्दै गर्दा उनले खोटाङ हलेसीबाट सीधै टेम्के टावर पुग्ने केबलकार राख्ने योजना पनि बनाएका छन् ।


टावर स्थापनाका लागि किरात गणतन्त्र टावर संस्थान निर्माण गरिसकेका छन् भने केबलकारका लागि टेम्के केवलकार प्रालि दर्ता भइसकेको उनले सुनाए । उनै पूर्वमन्त्री गोपाल किराँतीसँग गरिएकाे कुराकानीः


टेम्के टावर कसरी बन्दैछ ?


२०६६ साल भदौबाट संस्थान निर्माण गर्ने योजना सुरु भएको हो । अनि किरात गणतान्त्रिक टावर निर्माणका लागि संस्था दर्ता भयो । सोलु निवासी तेम्बा शेर्पाले यसको डिजाइन गर्नुभएको हो । उहाँ अहिले अमेरिकाको न्युयोर्कमा हुनुहुन्छ ।


टावर कस्तो बन्दैछ, कति खर्च लाग्ला ?


यो ३३ तलाको हुनेछ । टावर चिन्डो आकारको हुनेछ । चिन्डो किरातीहरुको प्रतीक हो । टावरको लागत एक अर्ब नेपाली रहेको छ । त्यसको अलावा टेम्के मुनि पनि अति सुन्दर चखेवा डाँडा छ । यसको छेवैसम्म मिनी ग्रेटवाल बनाउने र यही क्षेत्रमा मेडिकल बनाउने सपना पनि छ । तीनै योजनाको इस्टिमेट तीन अर्बको गरिएको छ ।


यति अग्लो ठाउँमा यति अग्लो बनाउँदा डरमर्दो हुदैन ?


डरमर्दो नै बनाउन लागेका हौं । मानिसहरु सगरमाथा चढ्छन् । भने हामीले किन यस्तो गर्न सकिन्न । मानव निर्मिति एभरेस्ट बनाउने हाम्रो योजना हो ।


भवनको उचाई र गोलाई कति हुनेछ ?


यस टावरका उचाई ३६५ फिट हुनेछ भने गोलाई २६ डायमिटर ।


भोजपुरको टेम्केमा ३३ तले टावर नक्सा


यति अग्लो भवनका तलाहरु के प्रयोजनका लागि राखिने योजना गर्नुभएको छ ?


भुइको ४० मिटर तलबाट सुरु हुने भवनको अन्डरग्राउन्डमा २ तला रहनेछ भने २०औं तला रिभोल्भिङ रेस्टुरेन्ट हुनेछ । आधा घन्टामा एक फन्को घुम्नेछ । १९ औ तलामा ८८ जना क्षमताको सभाकक्षा हुनेछ । १८ औ तलामा मुन्धुम कम्युनिकेसन सिस्टम हुनेछ । १७ औ तलामा सहिद तथा संस्कृतिक संग्रहालय हुनेछ । किरात क्षेत्रका हरेक जातिका देवीदेवता र विभिन्न आन्दोलनमा ज्यान गुमाएकाहरुको सहिदहरुको प्रतिमा राखिनेछ । त्यस्तै अन्डरग्राउन्डको पहिलो तलामा कम्युनिकेसन सेन्टर राखिनेछ ।


दोस्रो तलामा व्यववस्थापन कार्यालय हुनेछ ।तेस्रो देखि १६ औं तलासम्म व्यपारिक प्रयोजनका लागि छुटाइएको छ । र, ३३ औं तलामा अधिकतम ठुलो बत्ती राखिनेछ । दिउँसो भ्यु टावर भयो । त्यहाँ पुग्नेले वरिपरि हेर्छन् । राति बत्ती बलेपछि ट्याम्के टावर यहाँ रहेछ भनेर मानिसले चिन्नेछन् । २० देखि माथिमा झयालमा सिसा राखिनेछ । यहाँबाट मानिसहरुले वरपर हेर्नेछन् ।


कसरी बनाइदैछ ?


यस भवनमा सिमेन्ट प्रयोग गरिनेछैन । यसको आयु हजार वर्षको हुनेछ । यसको सामानहरु 'चेन्जेबल' हुनेछन् । धातु नै धातु प्रयोग गर्छ । भूकम्प आउँदा लचकदार होस भनेर धातु प्रयोग गर्न लागुका हौं ।


टावर बनाउन ६ वर्ष अघिदेखि अभियान सुरु गर्नु भएको रहेछ । अहिले डाँडामा खाल्डो खनेर बार मात्र लगाइएको देखियो, कहिले बनिसक्छ त टावर ?


२०६९ सालमा वर्षमान पुन अर्थमन्त्री हुँदा ३५ करोडको माग गरेका थियौं । तर, उहाँले ३३ करोड छुटाउनुभएको थियो । त्यो पनि राष्ट्रपति डा रामवरण यादवले स्विकृत गरेन । त्यो भइदिएको भए अहिले फाउन्डेसन बन्थ्यो । अहिले पनि एमालेको सरकार, उनकै अर्थ मन्त्री उनीहरुको भर छैन । आफ्नै पार्टीको समर्थनमा सरकार बनेपनि ।


अब सरकार दोस्रो प्राथमिकतामा परेको छ । अब चन्दाकै भरमा छु । टावर बनाउन एकअर्ब कसरी जम्मा गर्ने भन्ने कुरा नै यहाँ चिन्ताको विषय छ । तैपनि दुइदुइपटक मन्त्री भएको मान्छे केही गरौला नि भन्ने अठोट लिएको छु । बजेटका लागि सातौं गणतन्त्र दिवसमा बजेट अभियान प्रतिनिधि घोषणा भइसकेको छ । यसमा डा हरिशचन्द्र साह, डा शिवकुमार राई, मोहमद जाकिर हुसेन, सुरेशकुमार राई, पुरन्जन राई हुनुहुन्छ । केही दिनमै यसको डकुमेन्ट्री बनाउँदैछौं ।


सन् २०१५ नोभेम्बरको अन्ततिर विभिन्न देशमा यो डकुमन्ट्री लिएर साथीहरु देशविदेश जाँदै जानुहुन्छ । विदेशमा ४० लाख नेपाली छन् । १० लाख नेपालीमाझ पुगेमा १ अर्ब पु¥याउन कुनै गाह्रो छैन ।हाम्रो संस्थाको संरक्षकमा पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई र अशोक राई संरक्षक हुनुहुन्छ ।


उहाँहरुबाट अनेक गर्दा पनि भएन भने शेष घले, उपेन्द्र यादव, जीवा लामिछानेलगायतलाई एक दुई तला किन्दिेउ भनेर अनुरोध गर्ने विचार पनि छ । १४ तला १०–१० करोडको दरले किने एक अर्ब ४० करोड पुग्छ । यही योजनाअनुसार काम अघि बढाउने लक्ष्य लिएको छु ।


तपाई कतिको आशावादी हुनुहुन्छ ?


तीन नेपाली कविका कविता आदिकवि भनुभक्तको घाँसी, महाकवि लक्ष्मीप्रसाद देवकोटा उद्देश्य के लिनु उडी चन्द्र छुनु र भुपि शेरचनको कविता हामीले मलाई यो सब सम्भव छ जस्तो लाग्छ ।


पूर्वको कर्नाली भनेर चिनिने यो ठाउँको यस्तो विकट ठाउँमा पर्यटक आकार्षित गर्ने अरु योजना के छन् त ? 


सबैभन्दा पहिलो त ३३ तले टावर नै आकर्षक भइहाल्यो । यसबाट आधा नेपाल देखिनेछ । यो सांस्कृतिक पर्यटकीय क्षेत्र पनि हो । यसमा हलेसीबाट सीधा जोड्न हामीले केबलकारको सपना पनि देखेका छौं । यसका लागि झापा घर भएका भिमबहादुर राईको नाममा टेम्के केबलकार प्रालि लागि दर्ता भइसकेको छ ।


टावर र केबलकार दुबैको जिम्मा तेम्बा शेर्पाकै भइहाल्यो ।यो सम्पदा गाउँ । विभिन्न मुलुकमा प्रयोगमा छ । नेपालमा प्रयोगमा छैन । यो नै पहिलो हुनेछ । ५००० वर्ष पहिले किरातीहरुले के खान्थे, के लाउँथे ? यस विषयमा अध्ययन गर्न नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य नारद हतमछालीलाई अवधारणापत्र तयार गर्न भनेका छौं । उहाँले ४ वर्ष भित्र तयार पार्नुहुन्छ ।अर्को लाइट एन्ड साउन्ड सिस्टम यस टावरको आकर्षण हुनेछ । यस्तो व्यवस्था हनुमान ढोकामा लागु हुन लागेको छ ।


म मन्त्री हुदाँ लुम्बिनीमा पनि गर्ने प्रयास गरेको थिएँ । साउन्डमा कथा रेकर्ड गरिन्छ । उपयुक्त ठाउँमा राखिन्छ । विजुली बत्तीबाट आकार निस्कन्छ । यो फिल्म जस्तै हो । राति देखाईन्छ । सुम्निमा पारुहाङको कथा, मुन्धुमको कथा पनि देखाइने योजना छ ।


तपाईं दुइपटक मन्त्री भएको मान्छे, अहिले यस्तो चिसो ठाउँमा हुनुहुन्छ, हात काँडाले कोतरिएको जस्तो पनि देखिन्छ, कसरी दिन बित्छ तपाईको ? 


गोपाल किराँती श्रम गर्छ । डोको बुन्छु । दाउरा चिर्छु । चिया रोप्न खन्छु । घुम बुन्छु । कुखुरा पालिएको छ । भैंसी पालेको छु । घाँसपात गर्दा यताउती गर्दा यहाँ दिन बित्छ ।


तपाई एक्लै कि अरु साथी पनि हुनुहुन्छ ? 


रामकुमार राई पूर्व सभासद् हुनुहुन्छ खोटाङको । हामी पालैपालो बस्छौं ।तपाईं त यति ठुलो क्रान्ति गरेर मन्त्री पनि हुनुभयो, क्रान्तिमा होस या मन्त्रालयमा तपाईंका वरिपरि सुरक्षागार्ड तैनाथ हुन्थें, यस्तो एकलास ठाउँमा एक्लै बस्नुपर्दा डर लाग्दैन तपाईंलाई ?मलाई डर लाग्दैन । कसैको नोक्सान गरेको छैन । म सहयोग गर्न यहाँ आएको हुँ । पार्टी आफ्नै हुन्छ । बहुदलीय व्यवस्थामा एउटा पार्टी समाउन पाइन्छ । वरिपरि चर्चित मानिसहरु, शिक्षित मानिसहरु यही वरपर छन । त्यसैले म ढुक्क छु ।ट्याम्केबाट देखिने मनाेरम दृश्य


तपाईलाईं यस्तो ठाउँमा बस्ने आँट चाहि कसरी आयो ? 


१३ वर्ष भोजपुर खोटाङमा खटिए । खम्बुवान, किराँत वर्कस् पार्टी हुदैं एमाओवादीसँगै मिल्यौ । यहाँको वरपरको समाज हेर्दा रुन मन लाग्यो । यहाँका गाउँहरु खाली हुन लागेको देखेर । त्यसैले युवाहरुलाई फर्काउनुपर्छ, केही गर्नुपर्छ भनेर यहाँ आएको हुँ ।


यस्तो ठाउँमा पनि झन्डै सहरको जस्तै भवन बनाउन भ्याउनु भएछ नि ?


यो ६२ लाखमा बनेको भवन हो । किरात गणतान्त्रिक टावरका लागि बनेको बेस क्याम्प हो । यहाँदेखि टावर बन्ने ठाउँसम्म पुग्ने बाटो, माटो परीक्षणलगायत गरी १ करोड २२ लाख सरकारी पैसा खर्च भयो । सभासद् विकास कोष, भोजपुर र खोटाङको गाविसको पैसा सरकारी पैसा आएको छ । अहिले पनि हामीलाई ५१ लाख ऋण छ ।


तपाईलाई त नाकाबन्दीको कुनै असर परेको छैन होला ? 


किनमेल, आलु तरकारी, नुन छ अरु खासै आवश्यक छैन । तर, नेपाली जनतालाइ भोकभोकै मारेर नरेन्द्र मोदीको सरकारले ठुलो अन्याय गरेको छ । भारतको लागि बनेको होइन यो संविधान । यो नेपालीका लागि बनाइएको हो । नरेन्द्र मोदीको विश्व नेता बन्ने चाहना अब पुरा हुदैन । अब राष्ट्र संघको सुरक्षा परिषद्को सदस्य बन्न अब पाउँदैन । चीन र रुसले उसको विरोध गरिसकेको छ ।


स्राेतः एभरेष्ट टाइम्स

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget