Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सम्पूर्ण राजनीतिक शक्ति एक हुनुपर्छ : खनाल

jhala-nath-khanal

काठमाडौँ, ६ मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अघोषित नाकाबन्दीलगायत मुलुकले झेल्नुपरेका सबै समस्याको निकासका लागि सम्पूर्ण राजनीतिक शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।

तराई– मधेसमा जारी आन्दोलन र भारतद्वारा लादिएको अघोषित नाकाबन्दीको अन्त्यलाई लिएर व्यवस्थापिका–संसद् परिसरमा सञ्चारकर्मीको जिज्ञासामा पूर्वप्रधानमन्त्री खनालले ‘नाकाबन्दी सर्वोपरि समस्या’ भएकाले त्यसको समाधानका लागि देशका सम्पूर्ण राजनीतिक शक्ति मिलेर अघि बढ्नाको विकल्प नभएको बताउनुभयो ।

राष्ट्रिय समस्या हल गर्ने सवालमा राजनीतिक दलबीच अन्तरविरोध हुनु शोभनीय होइन भन्दै उहाँले प्रमुख प्रतिपक्षी दलसँग संवाद, सहमति र सहकार्य गर्न सत्ता साझेदार दल प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । “सत्ता र प्रतिपक्षबीच निरन्तर संवाद हुनुपर्छ, लोकतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनका निम्ति दुवै शक्ति एकताबद्ध हुनैपर्छ,”– नेता खनालले भन्नुभयो ।

एमाले एकलौटी ढङ्गले अघि बढिरहेको र वार्तामा उक्त दललाई सहभागी नगराइएको भन्ने सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग संवाद भइरहेको बताउनुभयो । देशले भोग्नुपरेका समाधान गर्न शनिबार पनि काँग्रेससँग वार्ता भएको उहाँले जानकारी दिनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget