
घर निर्माण कार्य १५ दिनभित्रै सम्पन्न गर्ने योजना रहेको घर निर्माण तथा सहयोग संकलन समितिका सह–संयोजक सरोज बस्नेतले बताउनु भयो । नमूना घर बनाएर हस्तान्तरण गर्ने उहाँको भनाई छ । स्थानीय युवाहरुको समेत श्रमदानमा घर निर्माण कार्य सुरु भएको अभियानका महासचिव किशोर श्रेष्ठले जानकारी दिनुभयो ।
घरनिर्माणको लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको अभियानका संयोजक पूर्ण सिंगक लिम्बूले बताउनु भयो । शारीरिक रुपमा अशक्त रहेको र घर अति नै जीर्ण रहेको कारण सहयोग स्वरुप निर्माण थालिएको उहाँको भनाई छ । श्रेष्ठ दम्पतिको अवस्था ज्यादै कष्टकर गरेको र घर निर्माण गर्न अति आवश्यक रहेको अवस्थामा घर निर्माण अभियान थालिनु महान कार्य भएको स्थानीय युवा मधु लिम्बूको भनाई छ । घर निर्माण कार्य सुरु भएपछि प्यारालाइसिस्का कारण थलिएका कमल खुसी देखिनु भएको छ । उहाँ भन्नुहुन्छ– 'म प्यारालाइसिस्का कारण नथलिएको भए घर आफैं बनाउथेँ होला, तर मैले नसकेपनि घर बनाउन सहयोग गर्नु भएकोप्रति म आभारी छु ।' अहिले घाम, पानीले गर्दा घरभित्र बस्न समेत समस्या हुने गरेको उहाँको भनाई छ ।
अभियानका संयोजक पूर्ण सिंगक लिम्बू, सहसंयोजक सरोज बस्नेत, महासचिव किशोर श्रेष्ठ, कोषाध्यक्ष सञ्जिव बुढाथोकी, सदस्य विजय धिमाल, विवेक हिङमाङ, तेजनारायण राजवंशी, तेजन खड्कालगायतको टिम घर निर्माणमा सक्रियतापूर्वक लागेको छ ।
खरको बार लगाएर अस्थायी रुपमा बनाइएको घरमा अशक्त श्रेष्ठ दम्पत्तिले कष्टकर जीवनयापन गर्दै आएका छन् । कमल लामो समयदेखि प्यारालाइसिस्को कारण थलिएका छन् भने कमला आफै अशक्त हुन् । कमलकी श्रीमती भने प्रष्ट बोल्न, सुन्न र देख्न नसक्ने अवस्थाकी छिन् । कमलको शरीरको कुनै पनि अंग चल्दैनन् भने कमलाले मागेर ल्याएर खुवाउने गरेकी छिन् । कमला बिरामी भएपछि खान समेत समस्या हुने गरेको कमल बताउनु हुन्छ ।
Post a Comment