Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सरकार गठनका विषयमा सोमबार बिहान सर्वदलीय बैठक बस्ने

काठमान्डौ , १८ असोज । सहमतीय सरकार गठनका विषयमा छलफल गर्न भोलि आज बिहान व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै दलको सहभागितामा सर्वदलीय बैठक बस्ने भएको छ ।

राष्ट्रपति डा रामबरण यादवले सहमतीय सरकार गठनका लागि दललाई आह्वान गरेबमोजिम सोही विषयमा छलफल गर्न बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने भएको प्रधानमन्त्री सुशील कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले राससलाई जानकारी दिनुभयो ।

सर्वदलीय बैठक बस्नुअघि प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा ९एमाले० र एकीकृत नेकपा ९माओवादी० को बैठक बस्ने सम्भावना रहेको बताइएको छ ।

राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्नगरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई गत शुक्रबार आह्वान गर्नुभएको थियो ।

राष्ट्रपतिको आह्वानसँगै राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलले विभिन्न तहमा छलफल चलाइरहेका छन् । ती दलले आन्तरिक र बहुपक्षीय छलफललाई तीव्रता दिएका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget