Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

असोक अटलको घरमा ७० लाख भन्दा माथिको चोरी ,चोर छाति फुलाएर हिड्न पाउँदैन : डिएस्पी खरेल

बिराटनगर,१२ असोज ।तराई केन्द्रीत बन्दका कारण दैनिक जनजिनब कष्टकर बनिरहेको बेला बिराटनगरमा चोरीको घटना दैनिक बढिरहेको छ । मोरंग जिल्ला प्रहरी कार्यालयमा आएको निबेदनका आधारलाइ मात्रै मुल्याँकन गर्दा बन्द पछि चोरीका घटना बढेको देखिन्छ ।बन्द नभएको महिना श्रावण महिनामा १० वटा ससाना चोरीका घटना देखिएको छ तर बन्द पस्चात ठुलो धनरासिको चोरीका घटना बिराटनगरमा भएको तथ्याँक मोरंग प्रहरीमा छ ।

ashok-582x330




भाद्र महिनाको १ गते बिराटनगरका असोक अटलको घरमा ७० लाख भन्दा माथिको चोरी भएको छ । तर चोरी भएको भोलीपल्ट प्रहरीमा उजुरी दर्ता गरेको तर महिनौ बितीसक्दा पनी कुनै सुनुवाइ नभएको अटल परीवारको भनाइ छ । आफुहरुले पटक पटक प्रहरी कार्यालय धाउँदा आफुहरु हैरान भइसकेको समेत बताए ।

यता बिन्दाचर्य प्रसाद शाह को घरमा पनी चोरी भएको छ । उनी बिवाहको लागी भारतको पटना गएको बेला मुलढोकाको चावीको किल्ली काटेर चोरी भएको थियो । तर उनले पनी पटक पटक प्रहरीमा धाउँदा आफु हैरान भएकाले प्रहरीकार्यालय धाउन नै छाडेको बताए । तर उनको घरमा छैठौ पल्ट ३ दिन अघि चोरी भएको छ ।

उनको घर बाट पहिलो पल्ट नगद ४ लाख र गरगहना चारी भएको थियो तर पछिल्लो पल्ट पानिको कल र पानी तान्ने मोटर चोर्न चोर घरमा छिरेको उनी बताउँछन् ।

निनिहरुता प्रतिनिधी घटनामात्रै हुन । बिराटनगरम २२ वडामा प्राय चोरीका घटना घटेपनी प्रहरी सम्म नपुगेका घटाना प्रसस्तै छ । यता प्रहरीले भने तराई केन्द्रीत आन्दोलनका कारणले प्रहरी कान्दोलन केन्द्रीत सुक्षालाइ बढि प्राथमिकता दिएर लागेकाले चोरीको घटना बिराटनगरमा बृद्धिभएको बताएको छ । प्रहरीले समयलगाएर अनुसन्धान गरीरहेको बेला चोरले छातिफुलाएरै हिड्ने अवस्था नभएको जिल्ला प्रहरीकार्यालय मोरंगका प्रवक्ता डिएस्पी प्रमोद कुमार खरेलको भनाई छ ।

यता समय लगाएरै भएपनी चारी गर्ने गिरोहलाइ कुनैपनीहालतमा आफुहरुले पक्राउ गर्ने समेत बताए । प्रहरी आन्दोलनकेन्द्रीत भएको बला चोरले छातिफुलाएर हिड्न नपाउने भन्दै कुनैपनीबेला चोर नियन्त्रणमा आउने उनको जिकिर थियो । त्यसैले चोरले छातिखोलेर हिड्ना नपाउने समते बताए ।

आज जिल्लाका सबै मातहतका सुरक्षा प्रमुखहरुलाइ बोलाएर चार्डपर्वको सुरक्षाको बिषयमा सुरक्षा ब्यावस्था कडा पर्न निर्देशन समेत दिने उनले बताए ।नजिकिदै गरेको चार्डपर्वसंगै अभावका कारण चोरीका घटनामा बृद्धिभइरहेका कारण भन्दै सवैलाई आफै सजकभएर बस्न प्रवक्ता डिएस्पी खरेलले आग्रह समेत गरे ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget