Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संविधानसभाको बैठक सुरु

काठमान्डौ , ३० भदौ । संविधानसभाको बैठक सुरु भएको छ । बैठकमा संविधानको विधेयक र त्यसमा परेको संशोधनबारे मतदान सुरु भएको छ । धारा १७७ मा परेको संशोधन अस्वीकृत भएको छ । धारा १७८, १७९ र १८० मा कुनै संशोधन परेको छैन । यसलाई विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास भएको छ । धारा १८१ मा कांग्रेस, एमाले र एमाओवादीले राखेको संशोधन बहुमतले पास भएको छ । धारा १८२ मा प्रदेश सभाको सभामुख र उपसभामुख यसमा परेका संशोधन अस्वीकृत भएको छ ।

धारा १८३, १८४, १८५ र १८६ मा कुनै संशोधन परेको छैन । यसलाई विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास भएको छ । धारा १८७ को प्रदेश सभाको विशेषाधिकारमा परेको एउटा संशोधन फिर्ता भएको छ । यसलाई विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास भएको छ । धारा १८८, १८९, १९१, १९२, १९३, १९४, १९५ र १९६ मा कुनै संशोधन परेको छैन । यसलाई विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास भएको छ । भाग १५मा यसलाई खारेज गर्न माग गर्दै सभासद दुर्गा पौडेलले राखेको संशोधन अस्वीकृत भएको छ । धारा १९७, १९८, २००, २०१ र २०२ यसमा परेको एउटा संशोधन फिर्ता भएको छ । यसलाई विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव बहुमतले पास भएको छ । धारा २०३ मा कर लगाउने वा ऋण लिन नपाइने भएको छ ।यसमा कांग्रेस, एमाले र एमाओवादीले राखेको संशोधन बहुमतले स्वीकृत भएको छ । जसमा उपधारा ३ मा “कानून बमोजिम” भन्ने शब्दहरुको सट्टा “संघीय कानून बमोजिम” भन्ने शब्दहरु राख्ने उल्लेख छ ।

धारा २०४, २०५, २०६, २०७, २०८, २०९, २१०, २११, २१२ र २१३ मा कुनै संशोधन गरेको छैन । यसलाई विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतीले पास भएको छ । धारा २१४ मा स्थानीय तहको कार्यकारिणी अधिकार यसमा सभासद दुर्गा पौडेल र डिल्लीप्रसाद काफ्लेले राखेको संशोधन बहुमतले अस्वीकृत भएको छ । २१५ मा गाउँ कार्यपाकिा अध्यक्ष र उपाध्यक्षसम्वन्धी व्यवस्था यसमा १३ संशोधन परेको छ । डिल्लीप्रसाद काफ्ले, श्याम श्रेष्ठ, गोपाल दहित, विश्वेन्द्र पासवान, यशोदाकुमारी लामाले राखेको संशोधन अस्वीकृत भएको छ । अन्य संशोधन फिर्ता भएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget