Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आन्दोलनरत दलहरू वार्तामा आउने प्रधानमन्त्री कोइरालाको विश्वास

काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आन्दोलनरत दलहरू वार्तामा आउने विश्वास व्यक्त गर्नुभएको छ ।

एकसय एकौं बिपी जयन्तीको सन्दर्भमा नेपाली काँग्रेसद्वारा बिपी स्मृति भवन सानेपामा आज आयोजित कार्यक्रममा उहाँले लोकतान्त्रिक विधि र पद्धतिलाई आत्मसात् गर्दै आन्दोलनरत दलहरुले वार्ताका माध्यमबाट समस्याको समाधान खोज्ने विश्वास व्यक्त गर्नुभयो ।

“आन्दोलनरत दलहरुलाई वार्ताका लागि आह्वान गरिएको छ,” उहाँले भन्नुभयो, “हामी संविधानसभाकै माध्यमबाट संविधान निर्माण प्रक्रियालाई टुङ्ग्याउन लागिपरेका छौं । आउनुहोस्, छलफलका माध्यमबाट समस्याको समाधान गरौं, छलफलबाटै समस्याको टुङ्गो लाग्छ ।”

संविधानसभामा स्पष्ट दुई तिहाई कुनै पनि दलको नभएका कारण नयाँ संविधान दलहरुबीचको सम्झौतापत्र बन्नजाने बताउँदै प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको यस चरणलाई अन्तिम लेनदेनको समयका रुपमा उपयोग गरी हत्या, हिंसा र आतङ्क त्यागेर वार्तामा बस्न सम्बद्ध सबै पक्षसँग आग्रह गर्नुभयो ।

नेपाली राजनीतिमा बिपी कोइरालाले प्रस्तुत गर्नुभएको मेलमिलाप र एकताको सिद्धान्त वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

उपप्रधानमन्त्री एवम् पार्टीका महामन्त्री प्रकाशमान सिंहले नेपालीे राजनीति निर्णायक मोडमा पुगेको यो घडीमा आन्दोलनरत दल पनि छलफल र वार्ता बसेर समस्या समाधानतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो ।

संविधान निर्माणको प्रक्रियालाई अब ढिलो गर्न नहुने बताउँदै उहाँले संविधानलाई समय सापेक्ष परिमार्जन गर्दै अघि बढ्न सकिने धारणा प्रकट गर्नुभयो ।

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले देश संविधान निर्माणको अन्तिम चरणतर्फ उन्मुख रहेकाले सबै पक्ष आन्दोलन छोडेर वार्ता र छलफलमा आउनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् भौतिक तथा पूर्वाधार मन्त्री विमलेन्द्र निधिले संविधान निर्माणको अन्तिम समयमा मधेसवादी दलका साथै विभिन्न वर्ग तथा समुदाय आन्दोलनमा रहेकाले केही दिनका लागि प्रक्रिया रोकेरै भए पनि धरैभन्दा धेरै दल र समुदायलाई समेट्न प्रयाश गर्नुपर्ने धारणा राख्नुभयो ।

केन्द्रीय सदस्य एवम् अर्थ मन्त्री डा. रामशरण महतले आफ्ना असन्तुष्टिको निदानका लागि संविधानसभाकै उपयोग गर्न आन्दोलनरत दललाई सुझाव दिनुभयो ।
अर्का केन्द्रीय सदस्य एवम् वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले नेपाली जनताको सात दशकदेखिको संविधानसभाबाट संविधान बनाउने चाहना साकार हुने मोडमा पुगेको बताउनुभयो ।
केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले नेपालका भिन्न भिन्न जातजाति र भाषाभाषीबीच वैमनस्यता ल्याउने प्रयास अन्त्य गरिनुपर्ने बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget