मोरङ,२४ भदौ : महामानव तथा नेपाली राजनीतिका शिखरपुरुस बिपी कोईरालाको १०२ औ जन्म जयन्तीको अवसर पारेर आज मोरङ काग्रेसले विबिध कार्यक्रम सम्पन्न गरेको छ ।

काग्रेस मोरङको पार्टीकार्यालयमा अवस्थीत विपीको शालीकमा माल्याअपर्ण गरेर नेपाली काग्रेस मोरङका वरिष्ठ नेता दिलीप सापकोटाले रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । नेपाली काग्रेस मोरङका कार्यबाह सभापती हरिनारायण सिंह, सचीब यदुविस्ट,कोषध्यक्ष, नागेश कोईराला, सहसचिव जनार्दन निरौला, पुर्व सचीब संञ्जय भट्टराई, मदन संग्रौला, नेपाली काग्रेस विराटनगर सभापती भिम पराजुली लगायतले विपीको शालीकमा माल्याअपर्ण गरेर राष्ट्रप्रती बिपीको योगदानको स्मरण गर्नुभयो ।

सो अबसरमा बिपीको संझनामा नेपाली काग्रेस मोरङले अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काग्रेस मोरङका कार्यबाह सभापती हरिनारायण सिंहको सभापतीत्वमा सम्पन्न अन्तरक्रीया कार्यक्रका वक्ताहरुले यतिखेर राष्ट्र र राष्ट्रीयता संकटमा परेकोले विपीको अभाव खड्कीएको बताएका छन । कायक्रममा बोल्दै बुद्धीजिवी तिलक चन्दचौधरीले राष्ट्र र राष्ट्रीयता संकटमा परेको उल्लेखगर्दै एक मुठी माटोलीएर छातीमा हात राखेर सबै नेपालीले सोच्ने बेलाआएको बताउनु भयो ।
त्यस्तै नेपाली काग्रेसका अग्रज नेता गयानन्द मण्डलले प्रमुख तीन दलको नेतृत्वको कम्जोरीले देशमा संकट निम्तीएको बताउनु भयो । मोरङका वरिष्ठ नेता दिलीप सापकोटाले सबै एक जुटभएर नेपालको अस्मीतालाई जोगाउन लाग्नु पर्ने बताउनु भयो । त्यस्तै नेपाली काग्रेस मोरङका सचिव यदुविष्टले बिपीको सिद्धान्तलाई सबैले आत्मासाथगरे राष्ट्र र राष्ट्रीयता संकटमा नपर्ने बताउनु भयो ।
नेपाली काग्रेस मोरङका संगठन विभाग प्रमुख संञ्जय भट्टराईका अनुसार काग्रेस पार्टीकार्यालय तीन पैनीमा रक्तदान कार्यक्रम सम्पन्न गरीएको छ । सो रक्तदान कार्यक्रममा ५० प्रीन्ट रगत संकलनभएको छ । नेपाली काग्रस विराटनगरका नगर सभापती भिम पराजुलीले विपीको भनाई उल्लख गर्दै एक मुठी माटोलीएर छातीमा हात राखेर सबै नेपालीले राष्ट्र र राष्ट्रीयता बचाउन लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा उल्लेखीय रुपमा विभिन्न क्षेत्रका व्यक्तीत्वहरुको उपस्थीतिरहेको थियो । मोरङकाग्रेसले आजै जिल्लाको भौडाहा, पथरी , बेलबारी , लगायतका स्थानमा बिपीको संझनामा कार्यक्रम आयोजनागरको जनाएको छ ।
Post a Comment