Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

उद्योग वाणिज्य सङ्घ उर्लाबारीको अध्यक्षमा भट्टराई

उर्लाबारी , २१ भदौ । उर्लाबारी उद्योग वाणिज्य सङ्घको ३७ औँ साधारणसभाले गरेको चुनावमा अध्यक्ष पदमा चन्द्रबहादुर भट्टराई (भरत) विजयी हुनुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त तेजकुमार रिजालका अनुसार आइतबार साँझसम्म भएको चुनाव र रातिसम्म भएको मतगणना परिणाममा भट्टराई विजय हुनुभएको हो । चार सय ६८ मत ल्याई ३७३ मत ल्याउने प्रितम खड्गी र १७५ मत ल्याउने धर्मराज शाक्यलाई पछि पार्दै उहाँले आफ्नो जीत हात पार्नुभएको हो ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा तारामान सिरेङ (लिम्बू) ५२२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी भूपाल रायामाझीले ४६७ मत ल्याउनु भएको छ । त्यस्तै, उद्योग उपाध्यक्ष पदमा यामलाल रसाइलीले ५१६ मत ल्याई ४४१ मत ल्याउने रामबाबु चौधरीलाई पछि पार्नुभयो ।

त्यस्तै, वाणिज्य उपाध्यक्षमा सचिन शाक्य ६४६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले ३३९ मत ल्याउने केदार रिजाललाई पछि पार्नुभएको छ । महासचिवमा प्रदीप गौतम (मिलन) ले ५५० मत ल्याउँदै विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी कृष्ण बर्देवा ४२० मत ल्याउनुभएको छ । उद्योग सचिवमा दिलकुमार श्रेष्ठ (दिलु)ले ५४९ मत ल्याउँदै विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी शेखरनाथ दाहालले ४२३ मत ल्याउनुभएको छ ।

त्यस्तै, वाणिज्य सचिवमा मीरा भट्टराई ४९८ मत ल्याई विजयी हुनुभएको छ । भट्टराईको प्रतिद्वन्द्वी केशव सुवेदीले ४९२ मत ल्याउनुभएको छ । यता कोषाध्यक्षमा इन्द्रबहादुर भट्टराईले ५२३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्धी विशाल वाहेतीले ४५२ मत प्राप्त गर्नुभयो ।

यसैगरी, सदस्य पदमा सङ्गीता अधिकारी (पाण्डे) ६०६, राम थापा ५२७, विष्णु गुरागार्इं ५१८, बद्रि खरेल ४९२ र सुनिल बोहोराले ४६० मत प्राप्त गरी विजय हुनुभएको छ ।

त्यस्तै, लेखा समिति संयोजकमा पवन अग्रवालले ४१७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी अम्बरबहादुर धिमालले ३२० मत प्राप्त गर्नुभयो ।

त्यसैगरी, लेखा सदस्यमा लक्ष्मीप्रसाद दाहाल र दिनेश बराल यसअघि नै सर्वसम्मत चयन भइसकेको प्रमुख निर्वाचन आयुक्त तेजकुमार रिजालले जानकारी दिनुभयो । सङ्घमा एक हजार २१२ जना मतदाता रहेका भए तापनि एक हजार ६८ मत खसेको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget