Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

चीनतर्फको नाका खोल्न एमाओवादी अध्यक्ष दाहालको चिनियाँ राजदूतलाई आग्रह

काठमाडौँ, ११ असोज । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले चीनतर्फको नाका खोल्न नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईलाई आग्रह गर्नुभएको छ ।

राजदूत ऊलाई आज आफ्नै निवास लाजिम्पाटमा बोलाएर अध्यक्ष दाहालले संविधान निर्माणपछि मुलुकमा विषम अवस्था उत्पन्न भएकाले नेपाल चीन नाका खोल्नका लागि आवश्यक सहयोग गर्न अनुरोध गर्नुभएको हो ।

नेपालीको महान् चाड दसँै र दीपावली नजिक आएकाले त्यसलाई मध्यनजर गरेर नाका खोल्न अध्यक्ष दाहालले आग्रह गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालको आग्रहमा राजदूत ऊले नेपाललाई हर प्रकारको सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो । नेपालका राजनीतिक दल, नेपाली जनताले गरेको निर्णयको पक्षमा चीन सरकार रहेको राजदूतको भनाइ थियो ।

गत वैशाखमा गएको ‘गोरखा भूकम्प’का कारण नेपाल चीन नाकातर्फको तातोपानी कोदारी नाका र रसुवा केरुङ नाका अवरुद्ध छ । ती दुई नाका अवरुद्ध भएका कारण नेपालमा समस्या उत्पन्न भएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget