
बिराटनगर १ पोखरिया स्थित घरमा आमा रम्नीदेबी मण्डलको छैठौ दिनको आशौच बारिरहेका मधेशी राष्ट्रिय मुक्त्ती मोर्चाका केन्द्रिय उपाध्यक्ष समेत रहेका सासद मण्डललले जनताको प्रतिनिधिले जिम्मेबारी पुरा गरेर निर्माण गरेको संबिधान प्रगतिशिल भएकोले अतिरन्जित तर्कलाई छाडेर मधेशी दलहरुले पनि आत्मसाथ गर्न आग्रह गरे ।
शोकाकुल परिवारलाई समबेदना दिन घरमा पुगेका पत्रकारहरुको टोलीसँग जारी मधेश आन्दोलनबारे कुरा गर्दै उनले सबै राजनैतिक मुद्दाहरु एकै कालखण्डमा पुरा गर्न नसकिने र समाप्त पनि नहुने हुँदा बर्तमान उपलव्धिलाई आत्मसाथ गरेर थप शंसोधन सहित संबिधान परिमार्जन गर्दै जानु नै राष्ट्रिय हितमा हुने बताए । दाजुलाई कर्ता बनाएर आफु कोरामा नबसी आशौच बारिरहेका साँसद मण्डलले प्राप्त उपलव्धि सँस्थागत नगरि लहडमा मात्र हिँडिरहे पाएको अधिकार पनि गुमेर जाने बताए । उनले तराईमा आन्दोलनरत मधेशी दलहरुलाई भने ,– बस्तुको बिकाससँगै चेतनाको पनि बिकास आवश्यक छ , भ्रमपुर्ण तर्क र हल्लाले मात्र हुँदैन ।,
सुरुमा शान्तपुर्ण रुपले भैरहेको आन्दोलनलाई राज्यले दमन गरेर अनि संबिधानमा धेरै अधिकार सुनिश्चित भएपनि केही भएको छैन भन्दै भ्रमपुर्ण हल्ला फैलाएर अतिबादीहअरुले मधेशको समस्यालाई थप जटिल बनाएको मण्डकाले भनाई छ । अतिबादीहरुले मधेशी जनताहरुसम्म बास्तबिक कुरा पुग्न नदिन भ्रम छरेर सर्वसाधारणलाई उत्तेजित बनाएको र राजनैतिक दलहरुलाई गतिबिधिलाई निषेध गर्न चाहिरको आरोप लगाए । मुख्य समस्या सिमांङकनको भएको र त्यसमा घटवढ हुने अवसर कायमै रहेकोले मधेशी दलह र सरकार सबैले वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले राज्य सरकारले मधेशीहरुको आत्मसम्मानको ख्याल नगर्दा अवस्था बिग्रेको गुनासो गरे ।
लामो बन्द हडतालले जनताको जनजीवन कष्टकर भएको र मानव अधिकार समेत उल्लंघन भैरहेकोले साँसद मण्डलले मधेशी दलहरुलाई बार्तामा आउन आग्रह गर्दै भने , संबिधानसभाले रोडम्याप तैयार गरेको छ ,–‘ हामीले पनि शंसोधन हालेका छौ , यो मार्गबाट पनि सँगै जान सकिन्छ, पुर्वाग्रही स्वार्थले हैन सचेतता पुर्बक अगाडी बढौ अधिकार सुनिश्चित हुन्छ ।,
मण्डलले मधेश आन्दोलन अव नेशनलबाट ईन्टरनेशनल तर्फ मोडिसकेकोले तत्काल सम्बोधन नगरे सरकार र मधेशी दल दुबैलाई हानी गर्ने दाबी गरे । उनले भने , कमजोर छ भनेर छिमेकीले पनि अर्काको घरभित्र पसेर भान्छामा हात हाल्नु गलत हो अनि छिमेकीको कार्यबारे बोल्दै नवोल्नु र धेरै बोल्नु पनि गलत हो ।, उनले दुई देशको झगडाले कसैको हित नगर्ने भन्दै अव वार्ता र संबाद थाल्न दुबै पक्षलाई आग्रह गरे ।
Post a Comment