Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

विश्व मुटु दिवस विराटनगरमा विविध कार्यक्रम गरी सम्पन्न

विराटनगर १२ असोज । आज विश्व मुटु दिवस ‘स्वस्थ मुटुका लागि मुटुमैत्री वातावरण निमार्ण गरौँ’ भन्ने नाराका साथ मनाईंएको छ । अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मुटु सम्बन्धी समस्या देखिन थालेको भन्दै यस वर्ष मुटुलाई स्वस्थ राख्नु पर्नेमा जोड दिइएको छ यसैबिच विश्व मुटु दिवसको अवसरमा मिशन नेपालको आयोजना तथा अलाईभ फर्मासिटीलको सहकार्यमा आज विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । muoo rog diwas brआज बिहान स्वस्थ मुटुका लागि पदयात्राको नारा तय गरेको मिशन नेपालले आज बिहान पदयात्रा सहितको र्याली निकालेको थियो । विराटनगर नमस्कार होटलबाट निकालिएको र्यालीले ट्राफिक चोक, महेन्द्र चोक, शनि मन्दिर हुदै मेनरोडबाट पुन होटल नमस्कारमा टुङ्गिएको थियो । विश्व मुटु दिवसको अवसरमा न्युरो अस्पतालका डा. निकेशराज श्रेष्ठ, राजिव श्रेष्ठ , नोवेल मेडिकल अस्पतालका डा. राजेश नेपाल, त्यसैगरी लाईफ गार्ड हस्पीटलका डा. राजेश कुमार शाहलाई सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरेको थियो । । दिवसको अवसर पारेर मिशन नेपालले आजै रक्तदान पनि गरेको छ । उक्त रक्तदान कार्यक्रममा १५ जनाले रत्तदान गरेको मिशन नेपालका अध्यक्ष रञ्जन शाहीले जानकारी दिनुभयो । साथै कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिता, हाजिरी जवाफ समेत आयोजना गरीएको कार्यक्रम संचालक सुभाष भाण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा अलाईभ फर्मासिटीकलका अध्यक्ष प्रमुख अतिथी सुदर्शन बा. श्रेष्ठ , सुवर्ण भक्त जोशी, लियो एम्बास्टर अफ गर्भनर राजन श्रेष्ठ, शिव रिजाल, संन्जु शाह लगायतले मन्तव्य राख्नुभएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget