Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संविधान लेखन प्रक्रिया रोकिँदैन – अध्यक्ष ओली

काठमाडौँ, २७ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताका समस्या समाधान गर्न र अधिकार स्थापनाका लागि चलाइएको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु आजको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।

‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको संशोधनसहितको दफावार छलफलमा’ आज भाग लिँदै उहाँले राष्ट्रलाई यथास्थितिमा रुमल्लिन नदिई अघि बढाउन अन्तिम बिन्दुमा आफूहरु पुगेकाले सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

अप्ठ्यारो र चुनौती भए पनि सङ्घीय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान जारी गर्ने ऐतिहासिक अभिभारालाई पूरा गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सकारात्मक कुरालाई सामेल गर्दै प्राप्त उपलब्धिलाई जोगाएर लैजानुपर्ने कुरामा जोड दिनु भयो ।

अध्यक्ष ओलीले संविधानले मुलुक र जनतालाई बनाउने भएकाले संविधान जारी भएपछि पनि आवश्यक संशोधन गर्न सकिने भएकाले संविधान बन्न नदिएर, रोकेर, आन्दोलन गरेर, हत्या हिंसा गरेर मुलुकलाई अप्ठ्यारो पार्न नहुने विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो – “आफूलाई चित्त नबुझेका कैयौँ विषय भए पनि राजनीतिक दलले यो संविधान ल्याउन पहल गर्नुभएको छ, धेरै विषय नपुगेका होलान्, देश र जनतालाई संविधान चाहिने नै हुँदा हिंसा र हत्याको सहारामा बलजफती गर्नुभन्दा केही त्रुटी र कमजोरी भए आगामी दिनमा सुधार गर्न सकिन्छ ।”

प्रक्रियालाई रोकेर होइन, जे भनाइ र मागहरु राखेर संविधानसभा बाहिर रहेका दलहरुका मागलाई यथोचित रुपमा सम्बोधन गर्न आफूहरु तयार रहेको उहाँको भनाइ थियो ।

संविधानसभाको बहस छलफल गर्न छोडेर, आन्दोलन चर्काउन खोज्ने विषय उचित होइन भन्दै उहाँले त्यसले द्वन्द्व र भिडन्त बढाउँछ त्यसतर्फ कोही पनि लाग्न नहुनेमा जोड दिनुभयो ।

तराई र मधेसको नाममा भएका आन्दोलन राष्ट्रको अखण्डता र सार्वभौमसत्ताविरुद्धको प्रयास भएकाले नेपाली जनताले कदापी स्वीकार नगर्ने उहाँको कथन थियो । मधेसको नाममा उत्ताउला कुरा गरेर जनता भड्काउन खोजिएको विचार व्यक्त गर्दै अध्यक्ष ओली भन्नुभयो – “संविधान निर्माणको जुन बिन्दुमा हामी आइपुगेका छौँ, त्यो उपलब्धि हो । खुसी प्रकट गर्न चाहन्छौँ । यसलाई यथाशीघ्र संस्थागत गर्नुपर्छ ।”

उहाँले विभिन्न आन्दोलनमा उठेका जायज र तर्कसङ्गत मागलाई संविधानको विधेयकले संस्थागत गरेको र केही विषय बाँकी भए आगामी दिनमा क्रमशः सम्बोधन गर्दै जाने बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget