लोकमार्ग क्षेत्रमा खुलेका होटल तथा लजहरुले होटलमै यौनकर्मी युवतीहरु राखेर र ग्राहक आएपछि फोन कन्ट्याक्ट गरी बोलाएर दुवै तरिका अपनाई दिन दहाडै यौन ब्यवसाय सञ्चालन गर्दै आएको खुलेको हो ।

पछिल्लो समय आन्दोलनका कारण विराटनगरका होटलहरुमा पर्यटक नहुनु र ईटहरी क्षेत्रमा प्रहरीले कडाई गरेपछि त्यताका यौनकर्मी युवतीहरु सुन्दरपुर, गोठगाउँ, विराटचौक, खोर्साने, बेलबारी लगायतका होटलहरुमा देह ब्यापार गर्दै आएका छन् ।
त्यस क्षेत्रका होटल सञ्चालकहरुले ग्राहकको माग अनुसार कलेज पढ्ने युवतीहरुलाई समेत कन्ट्याक्टमा लिएर यौन ब्यवसाय सञ्चालन गरिरहेका छन् ।
ग्राहकहरु होटलको काउन्टरमा पुगेपछि युवतीहरु आसपासमा देखिन्छन् र विभिन्न साङ्केतिक शव्दबाट होटल सञ्चालकसंग मोल मोलाई शुरु हुन्छ । त्यो मोटीको घण्टाको पाँचसय, गोरीलाई घण्टाको एक हजार, लामो कपाल यति, डल्ली चाहिए उति, होल नाईट चाहिए यति, दुईटि चाहिए यति भन्दै मोलमोलाई हुन्छ । ग्राहकले त्यहाँ भएका मन नपराएमा कलेज पढ्ने चाहियो? माल छे, तर खर्च बढी लाग्छ नि भन्दै दलाली हुन्छ ।
ग्राहक र होटलवालाको कुरामिले पछि छानिएकि तरुनी साथ लगाएर एउटा कोठामा पठाईन्छ । कोशीहरैंचाको किस्ती पुल नजिकै रहेको सन्ध्या होटल एण्ड लजले यौनकर्मी युवतीहरुलाई बस्ने कोठा समेत ब्यवस्था गरेर अघोषित कोठी सञ्चालन गरिरहेको पाईएको छ । सो होटलको ग्राहकहरुमा धेरैजासो भारतीय नागरिकहरु र नेपाली सेनाहरु रहेका छन् । त्यहाँ आउने ग्राहकहरुबाट होटल सञ्चालकले युवती अनुसार दिउँसो भए पच्चीस सयदेखि पाँच हजार र रातीभए दश हजार देखि बीस हजारसम्म असुल्ने गरेका छन् । सो होटल सञ्चालकले यसअघि सुनसरीको इटहरीमा पनि यस्तै प्रकृतिको ब्यवसाय गर्दै आएका थिए । तर, त्यहाँ प्रहरीले कडाई गरेपछि अहिले त्यहाँका यौनकर्मी युवती समेत सोही होटलमा काम गराउँदै आएका छन् ।
त्यस बाहेक सुन्दर दुलारीको चिनारी होटल, सोही नगरको अर्को होटल, बेलबारीका केहि होटलसम्म पुगेर यौन धन्दा गर्दै आएको होटलले ब्यवस्था गरेको डेरामा बसेर आफ्नो धन्दा चलाउँदै आएकी लिम्बु थरकी एक युवतीले बताईन् । यौन ग्राहकलाई रकमको मोलमोलाई होटल सञ्चालकले नै गर्ने र आफूहरुलाई निश्चित पैसा दिने उनको भनाई छ । प्रहरीले तपाईंहरुलाई केहि गर्दैन ? भन्ने प्रश्न गर्दा उनले साहुहरुले सबै सेटिङ मिलाएको हुन्छ भन्ने प्रतिक्रिया दिईन् ।
त्यस्तै कोशी हरैंचाकै लेगुवा होटल एण्ड लजले पनि घण्टे लज चलाउँदै यौन ब्यवसाय सञ्चालन गरिरहेको खुलेको छ । त्यसैगरी बेलबारी र सुन्दरदुलारीका केहि होटल तथा लजहरुलेपनि घण्टे लज सञ्चालन गरेर यौन धन्दा सञ्चालन गराईरहेको पाईएको छ ।
स्थानीय होटल तथा पेय पदार्थ ब्यवसायी संघका एक पूर्व पदाधिकारीले प्रहरी लगायतसंग सेटिङ मिलाउने भन्दै ति होटलहरुबाट मासिक रुपमा मोटो रकम असुल्दै आएको स्रोतले बताएको छ ।
ति होटल आसपासका स्थानीय बासिन्दाले समाजमा बिकृति फैलाएको भन्दै ब्यापक गुनासो आएपछि उनीहरुको कर्तुत सतहमा आएको हो । समाजमा यस्तो घृणित कार्य भईरहँदा पनि मिडियाले खबर बाहिर न्ल्याएको भन्दै प्रहरी संगै पत्रकारको पनि मिलेमतो हुनसक्ने आशङ्का ब्यक्त गरेपछि बेलबारीका केहि स्थानीय संचारकर्मीको टालीले अदृश्य रुपमा ति होटल एण्ड लजहरुमा निगरनी गर्दा यस्तो तथ्य खुलेको हो ।
होटल तथा पेय पदार्थ ब्यवसायी संघका क्षेत्रीय अध्यक्ष कुमार गुरुङले हालसम्म उनिहरुको त्यस्ता कृयाकलापबारे कुनै जानकारी नआएको र आफूहरुले कसैबाट रकम नलिएको बताएका छन् । यदि कसैले त्यस्तो त्रियाकलाप गरेको भए सोधपुछ गरिने बताउँदै होटल तथा लजहरुमा नियामानुसार ईन्ट्र गरेरमात्रै बस्न दिने गरेको भन्दै बचाउ गरे
Post a Comment