Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

विश्वकर्मा पूजा शुक्रबार

काठमाडौँ, ३१ भदौ । दैवी वास्तुविद् विश्वकर्मा पूजा शुक्रबार मनाइँदै छ ।
नेपालमा प्रत्येक वर्षको आश्विन सङ्क्रान्ति (असोज १ गते) विश्वकर्माको पूजाका साथ आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरिँदै आएको छ । समुद्रमन्थनबाट निस्किएको मानिएका विश्वकर्माले नै कृष्णको द्वारका, पाण्डवको मयसभा र देवताका हातहतियार बनाएको मानिन्छ ।

नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले मङ्गलबार काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको अत्याधिक भिड लाग्छ ।
विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । बडादसैँको नवमीमा पनि उनको पूजा गरिन्छ ।
नेपालमा आजै विज्ञान तथा प्रविधि दिवस पनि मनाइन्छ । नेपालमा असोज सङ्क्रान्तिदेखि नै शरद् ऋतु प्रारम्भ भएको मानिन्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget