Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

चितवनमा एचआइभी सङ्क्रमित खुल्ने क्रम बढ्दो

चितवन, १६ भदौ । औषधि प्रयोगको अवसर र सामाजिक भेदभाव घट्दै गएपछि चितवनमा एचआइभी÷एड्स सङ्क्रमित खुल्ने क्रम बढेर गएको छ ।

चितवनमा विभिन्न निकायमा सङ्कलन भएको तथ्याङ्कअनुसार गत आठ महिनामा यो सङ्ख्या ९८ पुगेको छ । तथ्याङ्क सङ्कलन र उपचार गर्दै आएको एड्स हेल्थ फाउन्डेसन भरतपुर अस्पतालका अनुसार सन् २०१४ को अगस्तसम्ममा एचआइभी÷एड्स देखापरेकाको सङ्ख्या ७५ मात्र रहेको थियो । सो वर्षभरिमा एक सय २७ जना सङ्क्रमित थपिएका थिए ।

सन् २०१३ को अगस्तसम्ममा यो सङ्ख्या ४० मात्र रहेको एड्स हेल्थ फाउन्डेसन भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले बताउनुभयो । उहाँका अनुसार हालसम्म खुल्ने एचआइभी सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ४० पुगेको छ । जसमध्ये रोगसँग लड्न सक्ने क्षमता (सिडी फोर) पाँच सयभन्दा कम भएर एआरभी औषधि प्रयोग गर्नेको सङ्ख्या जिल्लामा ६ सय ३१ रहेको छ । उनीहरुमध्ये महिला दुई सय ८०, पुरुष दुई सय ८०, बालबालिका ६० र तेस्रो लिङ्गी आठजना रहेको उहाँले बताउनुभयो ।

सिडी फोर पाँच सयभन्दा कम भएकालाई मात्र यो औषधिको सुविधा सरकारले दिँदै आएको छ । जिल्लामा दुई हजारको हाराहारी एचआइभी सङ्क्रमित भए पनि सबै नखुलेकै कारण आधिकारिक तथ्याङ्क एक हजार दुई सय ४० मात्र देखिएको सापकोटाले बताउनुभयो । हाल खुलेकामध्ये ६ सय ५६ पुरुष, चार सय ७८ महिला र एक सय ६ जना बच्चा रहेका छन् । तेस्रो लिङ्गी आठजना पुरुषको सङ्ख्यामा समाहित गरिएको सापकोटाले बताउनुभयो ।

चितवनमा नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र, नेपाल परिवार नियोजन सङ्घ, चितवन सक्रिय समूह, सहभागी संस्था, तेस्रोलिङ्गीसम्बन्धी काम गर्दै आएको ह्युमन कन्फिसिएस सोसाइटी लगायतका गैरसरकारी संस्था, अस्पताल लगायतबाट तथ्याङ्क सङ्कलन गरिँदै आएको छ । कतिपय गैरसरकारी संस्थाले सङ्क्रमित पहिचानमा महत्वपूर्ण कामसमेत गर्दै आएका छन् ।

तथ्याङ्कअनुसार देशभरमा हालसम्म एचआइभी सङ्क्रमित भएर खुलेकाको सङ्ख्या २५ हजार आठ सय २९ रहेको छ । एड्स हेल्थ फाउन्डेसनले सङ्क्रमितको कुल सङ्ख्या ३९ हजार दुई सय ४९ रहेको अनुमान गरेको छ । पछिल्लो समय एचआइभी सङ्क्रमितलाई समाजले हेर्ने दृष्टिकोणमा आएको परिवर्तन, नियमित औषधि सेवनको अवसर, विभिन्न काममा दिइने अवसरका कारण बर्सेनि उनीहरु खुल्ने क्रम बढेर गएकै कारण सङ्ख्या बढ्दै गएको जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकृत रामहरि न्यौपानेले बताउनुभयो । रोगबाट बच्नका लागि सतर्कता अपनाउने क्रममा वृद्धि भएकाले नयाँ रोगी थपिनुभन्दा पुराना सङ्क्रमित खुल्ने क्रम बढेकैले सङ्ख्या बढेर गएको जिल्ला एड्स समन्वय समिति चितवनका पूर्वसंयोजकसमेत रहनुभएका न्यौपानेको भनाइ छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget