Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

उनीसँग शंका लागिरहेको छ

- डा. राजेन्द्र भद्रा

आश्विन १०, २०७२-
म ३५ वर्षीय विवाहित पुरुष हुँ । मैले विवाह गरेको एक वर्ष पनि भएको छैन । मेरो उचाइ ५ फिट २ इन्च तथा तौल ५८ किलो छ । मेरो लिंगको लम्बाइ ६ इन्च र मोटाइ ४ इन्च छ । मेरी श्रीमती मेरो लिंग ठूलो र लामो छ भन्छिन् । श्रीमतीले कतै मसँगभन्दा अगाडि अन्य पुरुषसँग सेक्स त गरेकी छैनन् भन्ने शंका लागिरहेको छ तर मैले उनीसँग यस विषयमा सोधेको छैन । मेरो मनमा एकदमै जलन भैरहेको छ । अब म के गरौं ?
७७६१५

मानिसलाई सानैदेखि आफ्नो अनि अरूको यौनांगका बारेमा चासो तथा जिज्ञासा हुन्छ । किशोरावस्थामा पुगेपछि यो चासो वा जिज्ञासा अझ बढ्छ र उसले विपरीत लिंगीको यौनांगका बारेमा सक्दो जानकारी प्राप्त गर्ने प्रयास गर्छ । यस क्रममा ऊ यौनांग हेर्ने सक्दो प्रयास गर्छ । यौनांगको दर्शन उनीहरूका लागि यौन उत्तेजक पनि हुन्छ । त्यसैले पनि ऊ त्यसलाई हेर्न लायायित हुन्छ ।

यौनांगका बारेमा जानकारी प्राप्त गर्ने स्रोत पुस्तक, साथीसंगी, चित्र अनि चलचित्र आदि हुन् । कतिपय व्यक्तिले अन्य व्यक्तिले नुहाएको बेलादेखि यौनसम्पर्क नै राखेको बेला यौनांग देख्ने सम्भावना हुन्छ । कतिपयले यौन चलचित्रको माध्यमबाट पनि यौनांग देखेका हुन्छन् । अहिले इन्टरनेटको जमानामा यसरी यौनांगका बारेमा जानकारी लिने अवसरलाई सजिलो मात्र भएको छैन, व्यक्तिको पहँुचको वस्तु पनि बन्न पुगेको छ ।

यसको अर्थ के हुन्छ भने कुनै महिलाले पुरुषको यौनांगको आकार, नाप वा स्वरूपका बारेमा थाहा पाउन कुनै पुरुषसँग यौनसम्पर्क नै राख्नुपर्ने स्थिति पटक्कै छैन । त्यसैले श्रीमान् वा यौनसाथीको लिंगको आकार वा नापका सम्बन्धमा कुनै प्रतिक्रिया दिनुको अर्थ उक्त महिलाले यौनसम्पर्क राखेको छ भन्न मिल्ने कुनै आधार छैन । अर्को कुरा, कसैले कैयौं व्यक्तिसँग यौनसम्पर्क राखेर पनि कसैको लिंगका सम्बन्धमा कुनै प्रतिक्रिया नजनाउन सक्छन्, अर्थात् लामो–छोटो नभनिकनै यौन क्रियाकलापमा संलग्न हुन सक्छन् ।

श्रीमतीले लिंग ठूलो र लामो छ किन भनेकी होलिन् ?
माथि नै भनिसकियो कि कुनै महिलाले श्रीमान् वा यौनसाथीको लिंगका बारेमा थाहा पाउनु अनि कुनै प्रतिक्रिया दिनुको अर्थ यौनसम्पर्क राखेको भन्ने बुझ्न मिल्ने कुनै आधार छैन । तपाईंको नापको लिंगलाई संसारभरिको सालाखाला निकाल्दा लामो भन्न नमिले पनि नेपाली सन्दर्भमा भने लामो भन्न सकिन्छ ।

हुन सक्छ, तपाईंकी श्रीमतीले कहिल्यै पुरुषको लिंग यसरी प्रत्यक्ष रूपमा नदेख्नुभएको होस् वा उहाँलाई लिंग वास्तवमा यति ठूलो हुन्छ भन्ने कुरा राम्रोसँग थाहा नहोस् र त्यस्तो अपेक्षा नभएकाले पनि तपाईंको लिंगलाई ठूलो तथा लामो भन्नुभएको हुनसक्छ ।

तपाईंको समस्या ?
वैवाहिक जीवन दम्पतीको समझदारीको जगमा उभिएको हुन्छ न कि शंकामा । शंकाले लंका सिध्याउन सक्छ । तपाईंले आफ्नी श्रीमतीको उमेर लेख्नुभएको छैन तर तपार्इंले ३४ वर्षको उमेरमा विवाह गर्नुभएको बुझिन्छ । यो उमेरसम्म तपाईंले महिलाको यौनांगका बारेमा जानकारी नलिएको वा चित्र नै नहेरेको हो कि होइन, थाहा भएन । तपाईंले कुनै महिलासँग यौनसम्पर्क गर्नुभयो कि भएन अथवा ‘कुमार’ रहनुभयो कि भएन भन्ने कुरा पनि थाहा भएन । एकपटक सोच्नुहोस् त, के तपाईंलाई तपाइंकी श्रीमतीले तपाईंको विवाहपूर्वको यौनजीवनलाई लिएर शंका गर्नुभएको जस्तो लाग्छ ? तपाईं आफू ‘कुमार’ नहरनुभएकाले पनि बढी शंका भएको हुन सक्छ ।

तपाईंको समस्या तपाईकी श्रीमती ‘अक्षत योनि’ अर्थात ‘कुमारी’ हुनुपर्छ भन्ने लागेरै बढेजस्तो छ । तपाईंलाई कतै प्रथम रात्रिमै कुनै शंका थिएन ? वा चाहना थिएन ? तपाईंलाई योनिद्वारमा भएको झिल्ली (योनिच्छद) च्यातिएको वा नच्यातिएको कुरालाई कुनै महिला अक्षत योनि भएको आधार बनाउन सकिँदैन भन्ने त पक्कै थाहा होला । कसैको कुमारपन वा कुमारीत्व यौनसम्पर्क राखेको कारणले जान्छ । अहिलेको स्थितिमा शारीरिक परीक्षणमा योनिच्छद च्यातिएको वा नच्यातिएको आधारमा यौन सम्पर्क राखेको वा नराखेको भन्न मिल्ने स्थिति रहेन । यो सन्दर्भमा यौनसम्पर्क राखेको वा नराखेको कुरा तपाईंकी श्रीमतीले भन्न सक्ने परिस्थिति छ जस्तो लाग्दैन । उहाँले नगरेको भने पनि तपाईंले सजिलै पत्याउने स्थिति छ जस्तो लाग्दैन । तपाईंको कुनै पनि आधारहीन शंकाको उपचार सजिलो हुँदैन भन्ने बुझ्नु जरुरी छ ।

के गर्ने त ?

तपाईंले शंका गर्दैमा कसैले यौनसम्पर्क राखेको र नगर्दैमा नराखेको हुने होइन । यहाँ शंकाले तपाईंहरूको बीचमा भएको विश्वासलाई कम गर्दै तपाईंको पारिवारिक जीवनलाई नै कमजोर बनाउँछ । तपाईं नभएको समस्यालाई अनावश्यक रूपमा शंका गरेर समस्या बनाउँनु हुँदैछ जस्तो देखिन्छ, जुन कुराको जानकारीले तपाईं र तपाईंको परिवारलाई राम्रो गर्दैन भने त्यसको पछि किन लाग्नु ? किनभने तपाईंको शंकाको आधार निकै कमजोर छ ।
तपाईले आफ्नी श्रीमतीबाट प्रशंसा पाएको ठूलो र लामो लिंगबाट आफूले पनि यौन सुख प्राप्त गर्न अनि श्रीमतीलाई पनि यौन सुख दिनतिर ध्यान दिनु श्रेयस्कर हुन्छ । आशा गर्छु, कुरा बुझ्नुभयो ।
-असोज ४ मा कान्तिपुर साप्ताहिकमा प्रकाशित
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget