Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

जोगवनी सीमा नाकामा झडप

विराटनगर, असोज १० गते । भारत सीमा अन्तरगत विराटनगरको रानी भन्सारको २ नम्बर ढाटमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव धर्ना बसिरहेका स्थल नजिकै दसगजा क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर झडप भएको छ ।
मधेसी मोर्चाका कार्यकर्ताले दसगजा क्षेत्रमा धर्ना बस्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा दोहोरो झडप सुरु भएको हो । झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट आफना केही कार्यकर्ता घाइते भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य जयराम यादबले बताउनुभयो । झडपपछि केही प्रदर्शनकारी सिमावर्ती जोगवनीतिर गएर ढुंगा प्रहार गरेका थिए, पछि भारतीय प्रहरीले भीडलाई तितरबितर बनाएको थियो । ढुंगा प्रहारबाट इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरक्षिक गंगा पौडेल सामान्य घाइते हुनुभएको छ ।
आइतबार बिहानैदेखि सिमावर्ती क्षेत्रमा धर्नामा बस्ने कार्यक्रम अनुरुप संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बिहान ९ बजेदेखिको धर्नामा जयराम यादव, राजकुमार यादव, नन्हे मियाँ, उमेश यादव, शमिम कमर, मो. फैयाज, रुस्तम अली, अमरेन्द यादव र तमरा अभियानका जफर जमाली, सनातन मण्डल, सलिम अन्सारीलगायतको विशेष उपस्थिति रहेको छ । मोर्चाको धर्नाका कारण सिमा क्षेत्रमा व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने भारतीय सिमा सुरक्षा बल एसएसबीको पनि बाक्लो उपस्थिती रहेको छ । एसएसबीले सादा पोसाकमा पनि सुरक्षाकर्मी परिचालन गरेको छ । अहिले जोगवनी नाकाको अवस्था सामान्य रहेको मोरङका प्रहरी प्रवक्ता डिएसपी प्रमोद खरेलले बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget