Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

३ वर्षे छोरी बोकेर न्याय खोज्न वर्षे छोरी बोकेर न्याय खोज्दै।

गोपाल काफ्ले
पथरी ,साउन २८
अनेक जालझेल गरेर घरबाट निकालिएपछि मोरङको दर्वेशा –३ की यामकुमारी कार्की (गोमा)काखमा ३ वर्षे छोरी बोकेर न्याय खोज्न भौतारिरहनु भएको छ ।पति लीलबहादुर बराल, देवर हुकुम बराल र नन्द आमाजुहरूले परपुरुषको गर्भ बोकी छोरी जन्माएको आरोप लगाएपछि घरेलु हिंसा सहन नसकि यामकुमारी २०७० सालको दशैं यता घर फर्कनु छैन् । यामकुमारीसँग २०६६ को मंङ्सिर ११ गते मागी बिबाह गरेका लीलबहादुर बिबाह गरी एक साता पछि बिदेश गएका थिए । बिदेश बाट २ महिनाको छुटीमा लीलबहादुर बिदेश गएको ८ महिना पछि साउन ३२ गते ‘मेजरअपरेशन’ बाट छोरी जन्मिएयता यामकुमारीको आँखामा आँशु ओभाएका छैनन् । ‘ तैले सात महिनामा छोरी जन्माइस,यो कस्को बच्चा हो’ भन्दै दिनहुँ मानशिक र शारिरीक यातना दिनथाले पछि बाध्य भएर घर छोडेको यामकुमारी बताउनु हुन्छ । गर्भवती भए लगत्तै पति लीलबहादुरलाई खवर गर्नुभएकी यामकुमारी भन्नुहुन्छ–उसबेला उहाँले स्वास्थ्यको ख्याल गर्नु भन्नु भएको थियो ।DSC_1550

छोरी जन्मनु भन्दा २÷३ महिना अघि सम्म पनि उहाँले बारम्बार फोन गरी नियमित स्वास्थ्य परिक्षण गर्न सुझाउनु भएको थियो । तर सात महिनामा छोरी जन्मिएपछि यामकुमारीका दुखका दिन सुरु भएका हुन् । यामकुमारी भन्नुहुन्छ– मैले सबै परिवारलाई बाबु छोरीको ‘डिएन’ परिक्षण गरौं,परिक्षणको रिपोर्टले होइन भनेछ भने म कानून बमोजिम सजाय भोग्न तयार छु भने तर मेरो कुरा कसैले सुनिदिएन। मैले ‘डिएनए’ परिक्षणको कुरा गरेपछि देवरले दराजको ताला खोलेर अस्पतालबाट प्राप्त सबै रिपोर्ट लुकाइदिएँ । त्यति मात्र होइन, अर्कै अस्पतालबाट गलत रिपोर्ट बनाएर राखेका छन् । यामकुमारीले अंश भराई दिनु भने पछि एक विगाहा २ कठ्ठा जग्गा भएका लीलबहादुरले आफ्नो सबै सम्पत्ति माइली दिदी कृष्णमाया अधिकारीको नाममा बकस पास गरिदिएका छन् ।

२०७१ जेठमा बकसपास गरिदिए पछि पुन विदेश गएका लीलबहादुर गत बैशाख ३० गते बिदेशबाट घर फर्किएका छन् । यामकुमारीले बारम्बार बिन्ति गरेपछि यामकुमारीलाई भेट्न मोरङको पथरीशनिश्चरे स्थित डेरामा पुगेका लीलबहादुर असार २९ गते देखि तीन रात पत्नी र छोरीसँगै बसेका थिए । तर,साउन १ गते साँझ यामकुमारीकै कोठाबाट लीलबहादुर एकाएक हराएपछि हुकुम बरालले दाजुलाई अपहरण शैलीमा घरबाट लगेर गायव पारिदिएको भन्दै जिल्ला अदालत मोरङमा यामकुमारी विरुद्ध अपहरण मुद्धा दायर गरेका छन् ।त्यसै पनि पति र देवरबाट अन्याय खेपिरहकी २७ वर्षीय यामकुमारी प्रहरी प्रशासनले समेत आफ्ना कुरा नसुनिदिएको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ–अहिले पनि ९८६२१२९१४२ नं.को सिमबाट ज्यान मार्ने धम्की आउँछ । ‘अश्लिल शब्द बोलेर तरो पोइ को हो ? कुन नाठो खेलाउँछेस’ लगायतका गाली दिन्छ । मैले पटक पटक इलाका प्रहरी कार्यालय पथरीमा ‘मोवाइल कल डिटेल्स ’ हेरेर धमकी दिने लाई कारबाही गरी पाउँ भनी उजुरी दर्ता गर्ने प्रयास गरें तर प्रहरीले मेरो उजुरी लिइ दिएन ।

आर्थिक रुपमा निक्कै सम्पन्न भएकै कारण बराल परिवारले प्रहरी प्रशासन र अधिकारकर्मीलाई समेत आफ्नो पकडमा राखेको यामकुमारीको बुझाई छ । पति भन्दा पनि देवरले गर्दा आफ्नो घर बिग्रिएको भन्दै यामकुमारीले भन्नुभयो–देबर विरुद्ध प्रहरीमा उजुरी गरें । तर रंगेली प्रहरीले ८ पटक पक्राउ गर्दै छोड्दै ग¥यो । जिल्ला प्रहरी कार्यलय बिराटनगरमा पती लिल बा. सहित उपस्थित गराउदा सम्म पनि न्ययपाईन । जिल्ला प्रहरी कार्यलयले पनि न्यायमा पहल नगरेकोले राजनितीदल, महिला संजाल,मानब अधिकारकर्मीलाई गोमा अनुरोध गर्दछीन । गोमा र उहाँकी जेठी जेठानी दिदीका अनुसार हुकुमले आफ्ना दाजुलाई भारतको आसममा आफन्तकोमा लुकाई राखेका छन् । समाज र प्रशासनसँग न्याय दिलाइ देउ भनेर हिड्दा हिड्दै यामकुमारीलाई अदालतले पति बेपत्ता पारेको भन्दै झिकाउने हद म्याद सहितको पत्र थमाइ दिएपछि यतिबेला यामकुमारीको आँखामा न निद्रा छ ,न पेटमा भोक । उहाँले भन्नुभयो–माइती गरीव छन् । बोलिदिन सक्दैनन् । प्रहरी प्रशासन र समाज पनि बोल्न सक्दैन उहाँले आफ्नो आश सञ्चार माध्यमसँग मात्र रहेको बताउनु भयो । हाल लिल बा. भाई हुकुमको सहयोगमा २ हप्ता अघि दुबै पुगेका छन ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget