Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बन्दका कारण सिरहा र सप्तरीको जनजीवन प्रभावित

लहान, ३० साउन । चार दलबीच हालै भएको छ प्रदेशको सीमाङ्कनको सहमतिको विरोधमा आह्वान गरिएको बन्दका कारण आज बिहानैदेखि सिरहा र सप्तरीको जनजीवन प्रभावित भएको छ ।

तराईमा तीन प्रदेश हुनुपर्ने, थरुहट प्रदेश बनाउनुपर्नेलगायत मागसहित पूर्वी थारुवान कोचिला राज्य समिति र थारु कल्याणकारी सभा तथा सुनसरी, मोरङ र झापालाई प्रदेश दुईमै राखी मधेस प्रदेश कायम गर्नुपर्ने मागसहित नेपाल सद्भावना पार्टीले छुट्टाछुट्टै बन्दको आह्वान गरेका हुन् ।

बन्दका कारण सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र लहानसहित सदरमुकाम सिरहा, गोलबजार, मिर्चैया, बन्दीपुरलगायत स्थानबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् ।

बिहानैदेखि बजार पसल, कलकारखाना खुलेका छैनन् । बन्द सफल बनाउन बन्दकर्ता बिहानैदेखि राजमार्गमा बसिरहेका छन् । बन्दका क्रममा कुनै अप्रिय घटना हुन नदिन राजमार्गमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । हालसम्म कुनै किसिमको अप्रिय घटना नभएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

यस्तै बन्दका कारण सप्तरी सदरमुकाम राजविराजसहित कल्याणपुर, भारदह, कञ्चनपुर, हनुमाननगरलगायत स्थानको जनजीवनसमेत प्रभावित भएको छ । लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् भन्ने बजार, पसल, उद्योगधन्दा ठप्प छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget