Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सञ्चारमन्त्रीद्वारा हुलाक टिकटमा टाँचा

विराटनगर, ३१ साउन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले आज यहाँ आयोजित एक कार्यक्रममा जैन गुरु महाश्रमणको अहिंसा यात्राको संस्मरणमा अहिंसा, सद्भावना, नैतिकता र नशामुक्ति लोगो अङ्कित हुलाक टिकटमा प्रकाशनको प्रथम टाँचा लगाउनुभयो ।

विराटनगरस्थित महावीर समवशरण, जैन श्वैताम्बर तेरापन्थी, भवनमा आयोजित चतुर्मास कार्यक्रमका अवसरमा हुलाक सेवा विभागद्वारा जारी गरिएको सो टिकटको लम्बाइ ४२ दशमलव ५ र चौडाइ ३१ दशमलव ५ रहेको छ । राजधानी बाहिर पहिलोपल्ट जारी भएको उक्त टिकटको मूल्य रु २५ रहेको छ ।

सो अवसरमा सञ्चारमन्त्री डा रिजालले जैन गुरु महाश्रमणको सान्निध्यमा अहिंसा, सद्भावना, नैतिकता र नशामुक्तिका बारेमा सन्देश फैलाउने टिकटको प्रकाशन गर्न पाएकामा आपूm गौरवान्वित भएको बताउनुभयो ।

उहाँले संविधान निर्माणको अन्तिम चरणका बेलामा मुलुकलाई अहिंसाको सन्देश आवश्यक रहेको समयमा जैन धर्मावलम्बीबाट सुरु भएको अहिंसा यात्राले थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालमा सबै धर्मबीच वर्षौंदेखि सद्भाव रहेको उल्लेख गर्दै सञ्चारमन्त्रीले हिन्दू धर्म संस्कृति र संस्कार कायमै रहने गरी सबै धर्मलाई समान अधिकारसहितको संविधान जारी हुने स्पष्ट पार्नुभयो ।

भयबाट मुक्ति नै प्रमुख स्वतन्त्रता हो, मन्त्री डा रिजालले भन्नुभयो – “मनको भय हटाउन, अभावबाट मुक्ति, शान्तिको सन्देश, अहिंसाको मार्गमा चल्न, सबै धर्मलाई सम्मान गर्नतर्फ यो यात्राले प्रेरित गरेको छ ।”

चतुर्मास प्रवास समितिका अध्यक्ष लोकमान्य गोल्छाले नेपालमै पहिलोपल्ट जैन धर्मावलम्बीहरुको चतुर्मासको अवसर पारेर विराटनगरबाट टिकट प्रकाशन हुनु गौरवको विषय भएको भन्दै सरकारलाई धन्यवाद दिनुभयो ।

उक्त अवसरमा हुलाक सेवा विभागका महानिर्देशक द्रोण पोखरेल, चतुर्मास व्यवस्थापन समितिका अध्यक्ष मालचन्द सुराना, हुलाक सेवा विभागका उपसचिव निरञ्जन रिजालले पनि बोल्नुभएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget