Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पाल्पामा हाँसपालन हराउँदै

पाल्पा, २८ साउन । यस जिल्लाको गाम्रीण तथा सहरी क्षेत्रमा हाँसपालन व्यवसाय हराउन थालेको छ ।

नेवारी समुदायको बस्ती रहेको जिल्ला सदरमुकाम तानसेन ‘हाँसको छोइला’का लागि प्रसिद्ध मानिन्छ । नेवारी समुदायमा हाँस मासुको यो परिकार प्रसिद्ध रहे पनि पछिल्ला वर्ष हाँस जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको व्यवसायीहरुको भनाइ छ ।

विगतमा १०–१५ वटा हाँस पाल्दै आउनुभएका मुझुङका पूर्व गाविस अध्यक्ष कृष्णबहादुर अर्गालीले गत वर्षदेखि पाल्न छाड््नुभएको छ । उहाँमात्र होइन पाल्पा जिल्लाका अधिकांश भागमा हाँसलाई व्यावसायिक रुपमा पाल्ने चलन क्रमशः हराउँदै गएको छ ।

मासु उत्पादन गर्न लामो समयसम्म कुर्नुपर्ने भएपछि पछिल्लो वर्षमा हाँसपालन व्यवसाय फस्टाउन नसकेको बताइन्छ । जिल्ला पशुसेवा कार्यालयका प्रमुख तुल्सीराम भण्डारीका अनुसार यस जिल्लामा व्यावसायिक रुपमा हाँसपालन अहिलेसम्म भएको छैन । जिल्लामा ७६.६७ प्रतिशतले हाँसपालन व्यवसायमा कमी आएको जिल्ला पशुसेवा कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

मासुको परिकारका लागि पछिल्लो समय हाँस रुपन्देही र नवलपरासी जिल्लाबाट यहाँ ल्याउने गरिएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget