Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सात प्रदेशको प्रस्तावमाथि पुनःविचार गर्न माग

काठमाडौँ, ४ भदौ । मधेसी जनाधिकार फोरम, नेपाल(लोकतान्त्रिक)ले सात प्रदेशको प्रस्तावमाथि पुनःविचार गर्न माग गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले पार्टीका तर्फबाट यसअघिको ६ प्रदेशको प्रस्तावलाई संविधान निर्माणका लागि फरक मतसहित संविधानको मस्यौदामा हस्ताक्षर गरेकामा पुनः सात प्रदेशको प्रस्ताव ल्याइनु आपत्तिजनक भएको बताउनुभयो ।

नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा (माओवादी) बाट ल्याइएको सात प्रदेशको प्रस्ताव विशेषगरी थारु जातिको पहिचानलाई नै समाप्त गर्ने गरी ल्याइएको भन्दै उहाँले उक्त सीमाङ्कनप्रति पार्टीको घोर आपत्ति र पूर्ण असहमति रहेको बताउनुभयो ।

पार्टीको यही अडानमा सडक र सदनको दुवै मोर्चालाई सङ्घर्षका माध्यम बनाएर सशक्त र प्रभावकारी ढङ्गले अघि बढ्ने उहाँले बताउनुभयो ।

पार्टीका तर्फबाट विशेष समितिको बैठकमा यसअघि प्रस्तुत गरिएको भौगोलिक पहिचानसहितको प्रादेशिक स्वायत्ततामा आधारित मधेस तराईमा तीन प्रदेश र भौगोलिक पहिचानमा आधारित पहाडमा पाँच प्रदेश गरी कुल आठ प्रदेशको प्रस्ताव नै आजको सङ्कटमोचनको अचुक र उपयुक्त निकास भएको अध्यक्ष गच्छादारको भनाइ छ ।

संविधान निर्माणका लागि आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उहाँले यसका लागि आफू सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले आफूहरु सहमति र सहकार्यबाट बाहिर नगएको र संविधानसभाबाट समेत अलग नहुने स्पष्ट पार्नुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget