
यसबीचमा शर्मा समितिलाई नै स्तब्ध पार्ने खालका केही गम्भीर सूचनाहरु पनि चुहिन थालेका छन् । टीकापुरमा जति मानवीय क्षति भयो, त्यो भन्दा धेरै मान्छे मार्ने योजना बनेको रहस्य समेत खुलेको छ ।
रेशम चौधरीको फूलबारी रिसोर्टमा वैद्य माओवादीका जिल्ला इन्चार्ज तथा पूर्व लडाकु कमाण्डर नेपबहादुर चौधरी सहित विप्लव माओवादी र एमाओवादीका केही नेता समेत बसेर बनाइएको योजना बाहिर चुहिएको छ ।
स्रोतका अनुसार, त्यसदिन पुलिस मार्ने भन्दा पनि करिब दुई सय पहाडे समुदायका मान्छेलाई मार्ने र पूरै साम्प्रदायिक दंगा मच्चाउने योजना बनाइएको रहेछ । सोही अनुसार अघिल्लो दिन रेशम चौधरी सहितको स्थानीय प्रशासनमा बसेर प्रदर्शन शान्तिपूर्ण हुने भन्दै कुनै पनि झडप नगर्ने प्रतिबद्धता जनाएका थिए ।
उनीहरुले अखण्ड सुदूरपश्चिम पक्षधर पहाडेलाई मारेपछि उनीहरु पनि प्रतिक्रियामा आउने र जातीय लडाई हुने अपेक्षा गरेका थिए । सोही अनुसार बडघरा मार्फत उर्दी जारी गरेर एक घर एक सदस्य अनिवार्य रुपमा घरेलु हतियारसहित आउन उर्दी जारी गरियो ।
जुलुसमा नआउनेलाई ‘खारा लाउने चेतावनी’ दिइयो । थारु भाषामा खारा लाउने भन्नुको अर्थ जरिवाना तिराउने भन्ने हो । जुलुसमा नआएमा एक घरले एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने र सामाजिक बहिस्कार गर्ने भनेपछि हरेक घरबाट एकजना बाध्यतावस सहभागी भए ।
उनीहरुलाई भाला, बन्चरो, खुकुरी, लाठीलगायतका हतियार बोक्न अनिवार्य गरिएको थियो । त्यसअघि नै बर्दियाबाट पनि ठूलो संख्यामा पूर्व लडाकुसहित थारुहरुलाई लगिएको थियो ।
फूलबारी रिसोर्टको योजना कार्यन्वयन अघि नै प्रहरीहरुको हत्या भएपछि यसका योजनाकारहरु अहिले भाग्नुपरेको स्रोतले जनाएको छ । प्रहरीको हत्या गर्ने योजना नभएपनि अचानक केही व्यक्तिले प्रहरीलाई जलाएर मारेपछि सोही समूहकै सदस्यले प्रहरीको बन्दुक खोसेर डेढ वर्षका बालको हत्या गरेका थिए ।
त्यो उनीहरुले त्यहाँका पहाडेलाई भड्काउनका लागि जानीजानी गरेको खुलेको छ । हेल्मेट लगाएका ती व्यक्तिहरु थारु र नेपाली दुवै भाषामा बोल्दै प्रहरी मार्न निर्देशन दिइरहेको कुरा पनि सार्वजनिक भएको छ ।
यसले के बुझिन्छ भने पहाडे मार्ने रणनीति रातारात फेरेर प्रहरीको हत्या गर्ने र त्यसबाट राज्यलाई दबाब दिन खोजियो । यद्धपि यसको सबै पाटो खुलिसकेको छैन ।
उनीहरुले प्रहरी एकजना पनि बाँकी नराखी मार्ने भन्दै लखेटी लखेटी हत्या गरेका थिए । यसका लागि सशस्त्र प्रहरीको भूमिका शंकास्पद देखिएको छ ।
साँघु साप्ताहिकमा समाचार छ ।
Post a Comment