Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अखण्ड नवलपरासीको माग राख्दै आन्दोलन जारी

परासी, २९ साउन । अखण्ड नवलपरासीको माग राख्दै नवलपरासीको दाउन्ने पश्चिम क्षेत्रका बासिन्दाले गरेको आन्दोलन आज पाँचाँै दिन पनि निरन्तर जारी छ । सो क्षेत्रका बासिन्दाले पाचैाँ दिन पनि लगातार नवलपरासी बन्दको आह्वान गरेका छन् ।

अखण्ड नवलपरासी हुनुपर्ने भन्दै अखण्ड नवलपरासी सङ्घर्ष समितिको अगुवाइमा जारी पाँचौँ दिनको आन्दोलनका कारण नवलपरासीको परासी क्षेत्र पूर्णरुपमा बन्द भएका छन् ।

बन्दका कारण नवलपरासीका दाउन्ने पश्चिम भेगका गोपीगन्ज, भुमही, सुनवललगायत सदरमुकाम परासी, कुश्मा, बेलासपुर, महेशपुर क्षेत्रमा बजार, व्यवसाय, वित्तीय सङ्घसंस्था, शैक्षिक सङ्घसंस्था र यातायात पूर्णरुपमा बन्द छन् ।

अखण्ड नवलपरासीको माग सम्बोधन नगरिएसम्म आन्दोलन जारी रहने सङ्घर्ष समितिका अगुवा रामभवन यादवले बताउनुभयो । प्रस्तावित प्रादेशिक संरचनामा नवलपरासीलाई टुक्र्याएको भन्दै नवलपरासीको दाउन्ने पश्चिम क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget