Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

चन्द्र नहर भत्कियो, पाँच बिगाहको धानबालीमा क्षति

सप्तरी, २९ साउन । मुलुककै पहिलो र पुरानो नहरका रुपमा चिनिएको सप्तरी जिल्लाको चन्द्र नहर भत्किएको छ ।

पहाडी क्षेत्रका खोलानालाबाट हालै एक्कासि आएको पानीले सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित नहरको डिल भत्किएको हो । नहरको डिल भत्केपछि किसानले लगाएको धानबालीमा पानी पस्दा त्यहाँका करिब पाँच बिगाहभन्दा बढी धानबाली डुबानमा परेको छ ।

चन्द्रशमशेर जबराले निर्माण गरेको यो नहर करिब २५ मिटर जति डिल भत्केको स्थानीय सूर्यनारायण मण्डलले बताउनुभयो । बेलाबेलामा गरिनुपर्ने मर्मतसम्भार समयमा नगरेकाले अहिले वर्षा भई पहाडी जिल्लाबाट पानी आएर नहरमा क्षमताभन्दा बढी पानी पसेपछि यस्तो हालत भएर नहर भत्केको मण्डलले गुनासो गर्नुभयो ।

जीर्ण रहेको चन्द्र नहरलाई मर्मतका लागि सरकारी निकायलाई पटकपटक जानकारी दिँदा पनि चासो नदिएकाले यो नहर बर्सेनि वर्षात्को समयमा ठूलो बाढी आएर विभिन्न ठाउँमा भत्किने गरेको बताइएको छ ।

यहाँ समयमा वर्षा नहुने र दुःखले लगाएको धानबालीमा प्रत्येक वर्ष जीर्ण रहेको नहर भत्किएर पानीसँगै खेतमा बालुवासमेत थुप्रिने गरेको अर्का कृषक बिनाइ तिवारीले भन्नुभयो । गत वर्ष पनि तीन ठाउँमा चन्द्रनहर फुटेको थियो भने सयौँ बिघामा लगाइएको धानबाली नष्ट भएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget