Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

घैंटे र चरिको इन्काउन्टर गरेको प्रहरी अन्य डनलाई भने के गर्ला ?

काठमाडौं । प्रहरी इन्काउन्टरमा कुमार श्रेष्ठ उर्फ घैंटेको मृत्युले यतिबेला तरंग फैलिएको छ । बिहीबार गरेको इन्काउन्टर दोस्रो हो । यसअघि चर्चित डन दिनेश अधिकारीको पनि इन्काउन्टर गरेको थियो । घैंटे र चरिको इन्काउन्टर गरेको प्रहरी अन्य डनलाई भने के गर्ला ? यो प्रश्नको उत्तर समयक्रमसँगै प्रहरीले पक्कै दिने छ ।don_cover1 यद्धपी प्रहरीले अन्य डनलाई निगरानीमा राखिएको जनाइसकेको छ । घैंटे र चरि मात्रै होइन समाजमा आपराधिक क्रियाकलाप मार्फत दुषित पार्ने केही नामहरु अझै कुनै कुनै रुपमा सलबलाई रहेका छन् ।

१  काजी शेर्पा मेनपावर कम्पनिको चौकीदार देखि डान्सबारको बाउन्सर हुँदै अपराधीक दुनीयाँमा छिरेका काजी शेर्पा  ‘पक्राउ नपर्ने गुण्डा’को रुपमा परिचित छन् । २०६४ साउन १३ मा काठमाडौंबाट समुहमा लागेर दोलखाका तत्कालीन सिडियो उद्धवराज थापामाथि कार्यकक्षमै आक्रमण गरियो  । शेर्पाको छत्रछाँयामा हुर्केका मनराज गुरुङले थापा माथि आक्रमण गरेका थिए । आक्रमण गर्ने गुरुङ काजीकै छत्रछाँयामा विएमडब्लु कारमा राजधानीमा हुँइकीरहे । तर प्रहरी निरिह जस्तै बन्यो । पक्राउ गर्दा काजीको प्रहरीको उच्च अधिकारीसम्म पहुँच थियो ।   २०५० तिर सोलुखुम्बुको सल्लेरीबाट काठमाडौं छिरेका काजीको आर्थिक उन्नती अपत्यारिलो छ । धादिङको आंखुखोला १ हाईड्रोपावरमा समेत उनको लगानी छ ।  उनको भक्तपूरको बोडेमा क्रसर उद्योग छ । काभ्रेको ढाँड खोलामा एउटा क्रसर छ । स्क्याभेटर,क्रसर, ट्रिपर ब्यापारदेखि बालुवाखानीहरुमा काजीको एकछत्र राज छ ।   त्यसो त, ६४ साल अघि सम्म काजी प्रहरीको कुख्यात अपराधीको सुचीमा थिए । प्रहरीले उनलाई पटक–पटक थुनेको पनि थियो । तर जब काजीले प्रहरी सेना र सशस्त्रको जवानको दानापानीको ठेक्का पाए त्यहि दिनदेखि उनको तस्बिर त्यहाँबाट एकाएक गायब भयो । काजीको चाँगेस्थान कन्सट्रक्सन् कम्पनिले तीन वटै सुरक्षा निकायका अंगका जवानलाई रासन खुवाउने गरि २०६७-६८मा पौने ३१ करोडको रासन ठेक्का पायो ।   प्रहरी उच्च अधिकारीसँग राम्रो पहुँच बनाएका शेर्पा विरुद्ध प्रहरी उच्च अधिकारी डिआइजीहरु खुलेर बोल्न समेत सक्दैनन् ।   केही वर्ष पहिला वाइसिएलले क्राइम अपरेशन चलाएपछि काजीले अपराधको शैली बदले । ‘बाहिर नदेखिने तर पर्दापछाडीबाट अपराध गर्ने’ तरिकाबाट शेर्पा अघि बढे । उनी आफ्नै नामबाट गतिविधि गर्दैनन् । सुषुप्त रुपमा आफ्ना सहयोगी मार्फत हप्ता असुली, ठेक्का पट्टा मिलाउने र कमिसन खाने काजीको दैनिकी हो  ।   काजी डनहरु मध्ये असाध्यै चलाख र कूटनीतिक मानिन्छन् । राजनीतिक रुपमा सबै पार्टीसँग समदुरीको सम्बन्ध राख्छन् ।

२ गणेश लामा राजधानिको ठमेलको रात्रीकालीन व्यावसायमा प्रभाव जमाएका गणेश लामाले सुरुवाती दिनहरुमा दिपक मनाङेको सहयोगी भूमिका निर्वाह गरे  । भारतबाट भित्रिने रक्तचन्दनलाई काभ्रे हुदै चिन पु¥याउन लामाको विशेष योगदान छ । काभ्रेकै स्थानिय भएकाले उनको रक्त चन्दन तस्करीमा एक छत्र राज नै थियो । रक्तचन्दन र रात्रिकालीन व्यावसायबाट आर्थिक रुपमा बलियो बनेका उनले मनाङे समुहबाट विदा लिए लिएपछि काभ्रेका युवाहरु समेटेर आफ्नै समुह विस्तार गरे । तेस्रो शक्तिको रुपमा उदाएका उनको आम्दानीको नयाँ श्रोतहरु बन्दै गए । रात्रिकालीन व्यावसायमा समेत सक्रियता छुटाएनन् ।   गुण्डागर्दि मार्फत अवैध सम्पति जोडेपछि लामा जेल समेत चलान भए । सम्पत्ति सुद्धिकरण विभागले २७ करोड रुपैंया अवैध रकम जोडेको भन्दै विशेष अदालतमा मुद्धा हालेपछि उनलाई विशेषले ३ करोड धरौटी मागेको थियो ।   अदालतले मागे बमोजिमको धरौटि तिरेपछि उनी जेल मुक्त भएका थिए ।   लामाले निर्माण सामग्री सम्बन्धी काम गर्न सिरुवा कन्सट्रक्सन कम्पनि खोलेका छन् । तत्कालीन गृहमन्त्री विजयकुमार गच्छेदारको पछि लाग्दै उनी फोरम लोकतान्त्रीकमा प्रवेश गरेका थिए । उनी फोरम नेपालको केन्द्रीय सदस्य हुन् । संविधानसभाको दोस्रो निर्वाचनमा उनी काभ्रेबाट पराजीत बनेका थिए । उनी गच्छेदार नजिक रहेर काम गर्दै आएका छन् ।   मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ राजधानीको चक्रपथ क्षेत्रलाई आधार बनाएर गुण्डागर्दि गर्दै आएका ‘चक्रे मिलन’ भनेर चिनिने  मिलन गुरुङ्ग आफू राजनीतिमा आउन चाहेको बताउँछन् । गत माघमा गोरखामा आयोजीत कार्यक्रममा २ लाख रुपैंया तिरेर अतिथि बनेका उनले भनेका थिए, ‘अब म नेता भएँ,टिकट पाए भने गोरखाबाट चुनाव जित्छु ।’   एमाले निकट मानिने चक्रे शिर्ष नेताको नजिकका मानिन्छन् । एमाले नेता प्रदिप नेपाल निकट रहेर उनले आपराधीक गतिविधि गर्दै आएका छन् । नेपालकी श्रीमतिले टिका लगाउने भाई बन्दै आएका छन् मिलन । उनी एमालेका सक्रिय कार्यकर्ता हुन् ।   अवैध सम्पत्ति जोडेका उनले मिलन फाउण्डेशन मार्फत सामाजीक काममा समेत हात हालेका छन् । अवैध हतियार तथा अवैध सम्पत्ति दुवै मुद्धा खेपेका उनी एमाले नेताको सहयोगी गुण्डा नाईके हुन् । सम्पत्ति सुद्धिकरण विभागले चक्रेले सात कारोड आठ लाख रुपैंया अवैध सम्पति जोडेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।   विशेषले मागेको १ करोड धरौटी बुझाएपछि उनी गत असारममा जेलमुक्त भएका थिए ।

३  सुजन पौडेल ‘बाहुन डन’ सुजन पौडेल उर्फ ‘बाहुन डन’ एमालेका रामेछाप जिल्ला समिति सदस्य हुन् । ठिक एक वर्ष अघि एमाले अध्यक्ष ओलीको हातको टिकाबाटै एमाले प्रवेश गरेका पौडेल ओलीकै दबावमा रामेछाप जिल्ला समिति सदस्य चुनिएका थिए । नेपाली सेनाको रेन्जर तह सम्मको तालीम गरेका उनी विभिन्न घटना घटाउदै प्रहरीलाई छक्याउदै हिड्ने गर्थे । बाहुन हातहतियार तथा खरखजनामा प्रहरीको मस्ट वान्टेड सुची थिए । उनलाई गत असारमा लागु औषध सहित भारतको लखनउबाट महानरिय प्रहरी अपराध महासाखा हनुमान ढोकाले पक्राउ गरेको थियो ।   सुजनले हाउजीङ क्षेत्रमा आतंकै मच्चाएका थिए ।   दोलखाका उनी साना हतियारको कारोबारबाट आपराधिक दुनियाँमा हाम फालेका थिए  । ६२ लगत्तै अपराधको दुनिँयाको यात्रा थालेका उनले व्यवासयीका लागि सुरक्षा खतरा पैदा गरे भने प्रहरीको नजरमा मुख्य चुनौतीको रुपमा अघि बढे । ०६४ मा दरबार मार्गबाट पेस्तोल सहित पक्राउ परे । त्यतिबेला जिल्ला प्रशासन कार्यलयमा धरौटी बुझाएर रिहा भएका उनी पुनः बुटवलबाट दुई पेस्तोल सहित पक्राउ परे । हातहतियार खरखजनाको अभियोगमा दुइवर्ष कारागार पछि सफाई पाएर निस्केपछि उनी हाउजीङ व्यावसायीबाट रकम असुल्न लागि परेका थिए । यतिबेला सुजन केन्द्रिय कारागारमा छन् ।

 

४. परशुराम बस्नेत युवा संघका केद्रिय सदस्य बस्नेत पुर्वाञ्चल  क्षेत्रका चर्चित गुण्डा नाईके  हुन् । विशेष अदालतको फैसालामा उनले दुई करोड रुपैंया धरौटी बुझाएर रिहा भएका थिए । विराटनगर क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधि गर्दै आएका बस्नेतको नाममा स्रोत नखुलेको ११ करोड ६१ लाख४१ हजार रुपैंया रकम देखिएको थियो । अवैध सम्पति राख्नेमा उनकी पत्नि अञ्जु बस्नेतको समलग्नता देखिएपछि बस्नेत पत्निलाई समेत साधारण तारेखमा छोडिएको थियो ।   एमाले अध्यक्ष केपी शर्मा ओलीको छत्रछायाँमा आपराधीक गतिविधिमा समलग्न उनलाई महेश बस्नेतले राजनीतिक बढुवा गर्दै आएका छन् । केहि वर्ष अघि पत्रकार माथि आक्रमण गरेपछि बस्नेत चर्चामा आएका थिए ।

५. दिपक मनाङे लामो समय देखि ठमेल क्षेत्रमा राज गर्दै आएका दिपक मनाङे पछिल्ला दिनहरुमा भने गुमनाम रहे । २०४६ को राजनीतिक परिवर्तन पछि नै क्षेत्रपाटीका दिपक मनाङे, सक्रिय बने । राजनीतिक रुपमा मनाङेले त्यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आधार बनाए ।  खुला राजनीतिक अवस्था र बढ्दो पर्यटकीय क्षेत्रका रुपमा चिनिएको ठमेललाई मनाङेले आधार इलाकाको रुपमा विस्तार गरे । त्यहि आधार इलाकामा उनले आफ्नो अवैध सत्ताको अभ्यास गरे ।   २०६० पछि मुलुकमा रक्तचन्दन तस्करी बढ्यो । उनीहरु सबै रक्तचन्दन तस्करीमा लागे । प्रसस्त आम्दानी हुने भएपछि डनहरुले यसलाई पेसाकै रुपमा अघि बढाए ।  मनाङ्गेले दुवै एकै साथ अघि बढाए ।   तर उनको अवैध सम्पत्ति माथी सरकारी हस्तक्षेप बढ्यो । गुण्डागर्दि मार्फत अवैध सम्पति जोडेको आरोपमा सम्पत्ति सुद्धकरण विभागले विशेष अदालतमा मुद्धा हालेको थियो । उनको नाममा १४ करोड ७४ लाख ३१ हजार रुपैंया अबैध रकम देखिएपछि विभागले मुद्धा हालेको थियो । विशेष अदालतले मागेको २ करोड ९० लाख रुपैंया धरौटी बुझाउन नसकेपछि उनी तीन महिना करागार बसेका थिए । तीन महिना पछि विशेषले मागेको धरौटी बुझाएपछि उनी रिहा भएका थिए । मनाङ्गे अहिले संघीय लोकतान्त्रिक पार्टीमा कार्यरत छन् । लक्ष्मण थारुको नेतृत्वको पार्टीका कार्यकर्ता बनेका उनी यतिबेला क्रियाशिल छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget