Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अमेरिकी कङ्ग्रेसको टोलीद्वारा संसद्को अवलोकन

काठमाडौँ, १ भदौ । अमेरिकी कङ्ग्रेसका सांसद भर्न बुचाननको नेतृत्वमा रहेको अमेरिकी संसदीय टोलीले संविधानसभा, संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराई र अन्य सभासद्सँग संविधान लेखन र नेपालको व्यवस्थापिका–संसदका बारेमा छलफल गरी आवश्यक जानकारी लिएको छ ।

नयाँबानेश्वरस्थित संविधानसभा भवन पुगेर उक्त टोलीले नेपालको संसद् सञ्चालन र व्यवस्थापनको बारेमा उहाँहरुसँग जानकारी लिएको हो । टोलीले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र महासचिव मनोहरप्रसाद भट्टराईसँग पनि भेटवार्ता गरेको संसद् सचिवालयका सहायक प्रवक्ता सुर्दशन कुईंकेलले जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसद सञ्चालन भइरहेको समयमा बैठक कक्षको दर्शकदीर्घामा बसेर उक्त टोलीले सांसदले बैठकमा प्रस्तुत गर्नुभएको मन्तव्यबारे जानकारी हासिल गरेको थियो ।

टोली दर्शकदीर्घामा रहेको समयमा बैठकको अध्यक्षता गरिरहनुभएका सभामुख नेम्वाङले ‘अमेरिकी कङ्ग्रेको सांसदको टोली नेपालको संसद्को अवलोकन गर्न दर्शकदीर्घामा रहनुभएकाले उहाँहरुलाई स्वागत गर्दछु’ भन्नुभएको थियो । सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडे पनि सहभागी हुनुहुन्थ्यो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget