Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

घैंटे मारिएपछि रिगल डनद्धारा आत्मसमर्पण

नेपालगन्ज, ८ भदौ । गुण्डा नाइके 'डन' कुमार श्रेष्ठ घैंटे मारिएपछि नेपालगन्जका रिगल 'डन' भनिने योग ढकाल सोमबार बाँके जिल्ला अदालतमा आफैं हाजिर भएका छन्।


नेपालगन्ज–८ का चेतन मानन्धरको हत्या गरी फरार रहेकाका उनी सोमबार अदालतमा हाजिर भएका हुन् । गत असार २८ गते नेपालगन्ज–१६ सुर्खेत रोडमा  २९ वर्षीय मानन्धरलाई रिगलसहितको समुहले खुँडा प्रहार गरी हत्या गरेको थियो  । प्रहरीले रिगलविरुद्ध मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको र अन्य अभियोगमा जिल्ला अदालत बाँकेमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ।



प्रहरीले लामो समयदेखि खोजे पनि फेला पार्न नसकेका बेला रिगल सोमबार आफैँ उपस्थित भएको बाँके जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालतका श्रेस्तेदार दण्डपाणि लामिछानेका अनुसार मुख्य अभियुक्त ढकाल आफैं अदालतमा पुगेर बयान दिएका हुन् ।

DON RIGAL YOG DHAKAL


अहिले रिगलसँग बयान लिने काम भइरहेको छ ।  अदालतका मुख्य न्यायाधीश विष्णुप्रसाद कोइरालाको इजालसमा बयान लिने क्रम चलिरहेको लामिछानेले बताए ।

अहिले अदालत परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक  भीम किरण बोगटीले अदालतको सुरक्षा व्यवस्था कडा पारिएको बताए ।


नायब उपरीक्षक बोगटीले अदालत बाहिर प्रहरीले निगरानी गरिरहेको बताए । यस अघि नै हत्यामा संलग्न प्रितम थापा, माधव नेपाली, हरि वली, विवाद पाठक, याम बहादुर बुढामगर, मनिष चौलागाई, प्रशान्त भन्ने प्रेमध्वज गौतम, विशाल भन्ने छविलाल बस्नेत, नवराज खत्री, मोहनलाल खड्का र केशव बहादुर रोकाय पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । अझै सोहनसिंह ढकाल र दिपेन्द्र सिंह फरार रहेका छन् ।



कांग्रेसनिकट तरुण दल क्षेत्र नम्बर ३ का अध्यक्षसमेत रहेका रिगल लामो समयदेखि गुण्डागर्दीमा संलग्न  रहँदै आएका छन ।

नेपालगन्जको सुर्खेतरोडस्थित धम्बोझी नजिकै चेतनविरुद्ध दिनदहाडै खुडा प्रहार भएको थियो । चेतनको नेपालगन्जमा उपचार असम्भव भएपछि थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget