Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रधानमन्त्री कोइरालालाई ज्ञापनपत्र

काठमाडौँ, २४ साउन । नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घले आमसञ्चारका प्रसारणको माध्यममा विदेशी लगानीलाई रोक्न माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई आज ज्ञापनपत्र बुझाएको छ ।

महासङ्घका अध्यक्ष लक्ष्मीनारायण शाहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बालुवाटारस्थित निवासमा प्रधानमन्त्रीलाई भेट गरी ‘सिम्पल मिडिया नेटवर्क’को नामबाट मुलुकको सञ्चार क्षेत्रमा विदेशी लगानी आउन लागेकाले त्यसलाई प्रतिबन्ध गर्न माग गरेको हो ।

भेटपछि प्रधानमन्त्री कोइरालाले देशको संविधान, कानुन तथा नीतिले आमसञ्चारको विषय तथा राष्ट्रिय सुरक्षाको विषयमा वैदेशिक लगानी निषेध गरेकाले त्यसलाई स्वीकार्न नसकिने बताउँदै त्यस विषयमा आवश्यक अनुसन्धान गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी अध्यक्ष शाहले जानकारी दिनुभयो ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शाहले विदेशी लगानी नीति २०७१ ले बन्देज लगाउँदालगाउँदै पनि सञ्चार र अर्थ मन्त्रालयले लगानीका लागि दिएको स्वीकृतिका बारेमा छानबिनको माग गर्नुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget