Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सङ्घीयताको सीमाङ्कन टुङ्गो लगाएर मात्र संविधानसभाको विघटन गर्न सुझाव

काठमान्डौ , असार १९ /

नेपाली काँग्रेस संसदीय दलको आजको बैठकमा सभासद्ले सङ्घीयताको सीमाङ्कन टुङ्गो लगाएर मात्र संविधानसभाको विघटन गर्न सुझाव दिएका छन् । संविधानसभामा प्रस्तुत ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदाका सम्बन्धमा भएको बैठकमा सभासद्ले सकेसम्म सीमाङ्कनको विषय छिट्टै टुङ्गो लगाउन र नामाङ्कनको काम प्रदेशसभाले टुङ्गो लगाउनु उचित हुनेमा जोड दिएको हो । मस्यौदामा सीमाङ्कनबारे संविधान जारी भएपछि विज्ञसहितको कार्यदलले छ महिनाभित्र टुङ्गो लगाउने उल्लेख छ । सो दलका मुख्य सचेतक चीनकाजी श्रेष्ठले मस्यौदाबारे सभासद्ले आन्तरिक छलफलमा भाग लिँदै टीकाटिप्पणी गर्ने क्रम जारी रहेको जानकारी दिनुभयो । उहाँले मस्यौदा राय सुझावका लागि जनतामा पठाई एक साताभित्र सुझाव लिएर त्यसलाई एकीकृत बनाउने काम हुने बताउनुभयो ।

यस्तै मधेसवादी दलहरुसँग मिलेर भारतीय दूताबास गरेको भन्दै कांग्रेस सभासदहरुले अमरेशुकमार सिंहलाई कारबाहीको माग गरेका छन् । बैठकमा सभासद केशव बुढाथोकीले पार्टी सभासद सिंह भारतीय दूताबास गरेको विषयमा प्रश्न उठाएका थिए । ‘पार्टीले पठाएका हुन् कि के हो भनेर प्रश्न गरेका हुँ’ बुढाथोकीले भने(‘अमरेश कसको मानिस हो । कहिले मधेसवादी दलहरुसँग जाने, कहिले अराजक गतिविधि गर्ने यस्ता मानिसलाई किन कारबाही हुँदैन ? बद्री पाण्डे, भिष्मराज आङदाम्बे लगायतका सभासदले पनि सिंहलाई कारबाही गर्न माग गरेका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget