Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सिटी सफारीको व्यवस्थापनमा समस्या

बिराटनगर असार २१ /

सिटी सफारी र रिक्साको बिबादको बिषय झन ठुलो हुँदै गएको छ ।  सिटी सफारी सञ्चालमा आएपछि रिक्सा र टेम्पो व्यवसायीसँग विवाद सिर्जना भएको छ भने स्पष्ट नीति नहुँदा सिटी सफारीको व्यवस्थापनमा समेत समस्या भएको छ । सिटी सफारी नगरपालिका वा उपमहानगरपालिकाको सिफारिस लिएर यातायात व्यवस्था कार्यालयमा दार्ता गर्नुपर्ने हुन्छ ।

यसरी दर्ता भएको सफारी सिफारिस पाएको नगरभित्र सञ्चालन गर्न पाइन्छ । सफारीलाई मुख्य सडकमा नभई भित्री सडकमा मात्र सञ्चालनको अनुमति दिइएको हुन्छ । तर कुनै पनि सिटी सफारीले तोकिएको नियम पालना गरेका छैनन् । लाइसेन्ससमेत नभएका चालकहरुले मुख्य सडकमै सफारी चलाउँदा दुर्घटनाको जोखिम उच्च हुन्छ ।

यस्तै सवारीको चाप हुने मुख्य सडकमा सिटी सफारी जथाभावी रोक्ने र ट्राफिक नियमविपरीत कुदाउने गर्दा सडकजामको समस्या पनि बढिरहेको छ । यातायात व्यवस्था कार्यालय कोशीका प्रमुख विष्णु पौडेल भने नगरपालिकाको सिफारिसअनुसार मात्र आफूहरुले दर्ता गर्ने र रुट परमिट दिने गरे पनि सिटी सफारीहरुले नियम उल्लंघन गरेकाले समस्या उत्पन्न भएको बताउनुहुन्छ ।

ट्राफिक प्रहरीले समस्या समाधान गर्न नियम उल्लंघन गर्ने सिटी सफारीलाई नियन्त्रणमा लिनुपर्ने उहाँको भनाइ छ ।    यता रिक्सा मजदुरको आन्दोलन चर्किएसँगै सिटी सफारी चालकहरुसमेत एकजुट बन्दै गएका छन् । यसले आपसी द्वन्द्व र विवाद बढाउँदै लगेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget