Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेपाली कांग्रेस सम्बद्ध नेपाल निजामती कर्मचारी युनियन र नेपाल निजामती कर्मचारी संघबीच एकीकरण हुने

काठमाडौँ , असार २० /

कांग्रेस सम्बद्ध नेपाल निजामती कर्मचारी युनियन र नेपाल निजामती कर्मचारी संघबीच एकीकरण हुने भएको छ । चार बर्ष अघि युनियनका अध्यक्ष सुवोध देवकोटाको अध्यक्षतामा बसेको बैठकले महासचिव शोभाखर रेग्मी सहित पाँच जनालाई विधानविपरीत ढंगले कारबाही गरेको भन्दै असन्तुष्ट समूहले नेपाल निजामती कर्मचारी संघ गठन गरेका थिए ।

युनियनका अध्यक्ष सुवोध देवकोटाको नेतृत्व मान्य हुने गरि केन्द्रिय अधिवेशन सम्म संघलाइ युनियनमा गाभ्ने सहमति भएको हो । ७५ सदस्यीय कार्यसमिती गठन गरि संघलाइ ३६ र युनियनलाइ अध्यक्ष सहित ३९ सदस्य दिने निर्णय भएको छ । कांग्रेसकी प्रशासन बिभाग प्रमुख कमला पन्तले अगुवाइ गरेको एकीकरण कार्यक्रममा  दुबै पक्षले एक ढिक्का भएर अघि बढ्न सहमत भए ।

केन्द्रिय अधिवेशन सम्म युनियनकै बिधान मान्ने र नाम युनियन (संघ) राख्ने सहमति भएको हो । आगामी अधिवेशनले नयाँ नाम तथा विधान टुंगो लगाउने निर्णय भएको छ । आज प्रधानमन्त्री निवास वलुवाटारमा प्रधानमन्त्री तथा पार्टी सभापति शुसिल कोइराला, उपसभापति रामचन्द्र पौडेल बरिष्ठ नेता शेर बहादुर देउवा, महामन्त्री विमलेन्द्र नीधि लगायतका नेताहरुको उपस्थिति थियो ।

युनियनका अध्यक्ष सुवोध देवकोटा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधर हुन भने संघका अध्यक्ष शोभाकर रेग्मी प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला पक्षधर हुन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget