Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

शंकर राईको उमेद्धवारी पक्का

मोरङ, साउन १० /

नेपाली कांग्रेसको तेह्रौ महाधिवेशन नजिकिए संगै भदौ ७ गते हुन लागिरहेको नेपाली कांग्रेसको क्षेत्रिय अधिवेशनमा क्षेत्र नं ९ मा मोरङमा अधिवेशनको sankar raiचहलपहल बढ्दै गईरहेको छ । गाँउगाँउमा नेताहरु कार्यकर्ताको घरआँगनमा पुग्न थालेका छन् ।
कार्यकर्ताका माझ निक्कै लोकप्रीय युवा नेता शंकर राईले कांग्रेस मोरङ ९ को सभापतीमा आफ्नो उमेद्धवारी दिने पक्का गर्नु भएको छ । पत्रकार संग कुराकानी गर्दै उहाँले आफुले कांगे्रसले दिएको धेरै जिम्मेवारी पुरा गरिसकेको र अब क्षेत्रिय सभापतीको जिम्मेवारीलाई पनि कुशलता पुर्वक निर्वाह गर्न उमेद्धारी दिने बताउनु भयो । सभापती भएपछिका जिम्मेवारीहरुलाई प्रष्ट पार्दै राईले दोस्रो संविधान सभामा भएको कांग्रेसको जितलाई सधै कायम राख्नु , विकासका कामलाई जोडदार रुपमा प्रस्तुत गर्नु , कार्यकताको समस्यालाई समाधानको लागि लागि रहनु लगायत रहेको बताउनु भयो ।
मोरङ ९ नं. क्षेत्रको विकासमा निक्कै ठुलो पहल गरेर वाटो , विजुली , खानेपानी, खेलकुद लगायतको क्षेत्रमा विशेष योगदान दिनुभएका राईलाई धेरै नेता कार्यकर्ताहरुले मन पराउने गरेको बताईन्छ । स्वस्च्छ छविका नेताको रुपमा परिचित नेता शंकर राईले ९ नं. क्षेत्रको नेतृत्व लिने अवसर प्राप्त भएमा कांग्रेस पाटीको सो क्षेत्र निक्कै वलियो हुने कांग्रेसका कार्यकर्ताको विश्वास रहेको बाताईन्छ । युवा नेता राईलाई युवा संगै प्रौढ तथा वृद्धवृद्धाहरुले समेत रुचाईएको नेता मानिनुहुन्छ ।
असाहाय , गरिव , पिछाडिएको , अल्पसंख्यक जनताको पक्षमा रहनुभएका राईलाई कांग्रेसमा निडर र प्रभावशाली नेताको रुपमा चिनिन्छ । संविधान सभाको दोस्रो निर्वाचनमा कांग्रेसलाई विजय गराउन मुख्य भुमिका निर्वाह गर्नुभएको राई मोरङ कांग्रेसले दिएको हरेक जिम्मेवारीलाई सफलता पुर्वक सम्पन्न गरिसक्नु भएको छ भने क्षेत्रिय सभापतीको जिम्मेवारी पनि सफलता पुर्वक पुरा गर्नेमा विश्वस्त हुनुहुन्छ ।
राईले उमेद्धारी दिने पक्का भएपछि उहाँलाई सवैले सहयोग गर्ने र चुनाव नै नभई सर्वसम्मत हुन सक्ने सम्भावना रहेको पनि एक नेताले बताएका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget