Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मस्यौदामा राय सुझाव दिन मन्त्री रिजालको आग्रह

इलाम, ३ साउन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले संविधानको मस्यौदामा राय सुझाव दिन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

“यस्तो मौका फेरि–फेरि नआउन सक्छ, बढीभन्दा बढी राय सुझाव दिनोस्,” मन्त्री रिजालले भन्नुभयो – “मस्यौदा अध्ययन गरेर जोडदार सुझाव दिनुस् ।”

ताप्लेजुङमा हुने कार्यकर्ता भेटघाटमा जान आज दिउँसो इलाम आइपुग्नुभएका मन्त्री रिजालले नयाँ बन्ने संविधानले सबैको अधिकार सुनिश्चित हुने र लोकतान्त्रिक संविधान बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – “आफूलाई चित्त नबुझेका विषयमा पनि संविधानमा सुझाव दिन पाइन्छ, सबैको सहभागिता होस् भनेर सभासद् टोली सुझाव लिन जिल्ला जिल्ला आएका छन् ।”

नेपाली काँग्रेस इलामको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अपाङ्ग एकता समाजका अध्यक्ष प्रकाश थापाले नयाँ बन्ने संविधानमा अपाङ्गका हक र अधिकार सुनिश्चित गर्न मन्त्री रिजालसँग आग्रह गर्नुभएको थियो ।

सोही विषयमा मन्त्री रिजालले अपाङ्गका हक र अधिकारका विषयमा आफूले यसभन्दा अघि पनि धेरै बोलिसकेको जानकारी दिनुभयो । कार्यक्रममा सभासद् केशव थापा, सुजाता परियारलगायत जिल्ला कार्यसमितिका पदाधिकारी र अन्य कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget