Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

एक हप्तादेखि विद्युत् आपूर्ति ठप्प






मुस्ताङ, असार ६ गते /

एक हप्तादेखि हिमाली जिल्ला मुस्ताङमा विद्युत् आपूर्ति ठप्प बनेको छ । टुकुचे गाविसस्थित २४० किलोवाटको चोखोपानी लघुजलविद्युत् आयोजनामा प्राविधिक समस्या आएको र राष्ट्रिय प्रसारण लाइन भरपर्दो नभएपछि एक हप्तादेखि विद्युत् आपूर्ति सहज बन्न नसकेको हो । विद्युत् आपूर्ति ठप्प हुँदा टेलिफोन, मोबाइल, इन्टरनेट र ससाना उद्योगमा असर परेको छ ।

जलविद्युत् आयोजनाको नहर र रिजर्भ ट्यांकीमा प्राविधिक समस्या देखिएको नेपाल विद्युत् प्राधिकरण मुस्ताङ वितरण केन्द्रका प्रमुख सनप्रसाद थकालीले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दीको तातोपानीबाट जोडिएको राष्ट्रिय प्रसारण लाइन पनि हावाहुरी र पानीले विभिन्न ठाउँमा तार चुडिएका छन् । “लेते गाविसको आसपासमा राष्ट्रिय प्रसारण लाइनमा समस्या भएको खबर आएको छ, त्यसमा प्राविधिक खटेका छन्” प्रमुख थकालीले भन्नुभयो,“केही समयभित्रै समस्याको समाधान हुन्छ ।”

चोखोपानीबाट उत्पादित विद्युत्ले मात्र जिल्लाको मागलाई थेग्न सक्दैन । राष्ट्रिय प्रसारण लाइन म्याग्दीको तातोपानीस्थित ट्रान्समिटरबाट लैजानुपर्दा बारम्बार समस्या आउने गरेको प्राधिकरणले जनाएको छ । “म्याग्दी, बाग्लुङ र पर्वतमा सानो समस्या आउनेबित्तिकै हाम्रो क्षेत्रमा आपूर्ति बन्द हुन्छ” कार्यालय प्रमुख थकालीले भन्नुभयो ।

विद्युत आपूर्ति नहुँदा मुस्ताङको जनजीवन प्रभावित भएको छ । सञ्चार सम्पर्क ठप्प बनेको छ । जिल्लाको छुसाङ गाविससम्म दुई हजार घरमा विद्युत् सेवा पुगेको प्राधिकरणले जनाएको छ । रासस

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget