उनीहरुले सामाजिक संजाल मार्फत प्रचार थालेका छन् । अहिले सम्म बरिष्ठ नेता शेरबहादुर देउवाको सभापतिका उमेदवार नै भनेर प्रचार थालिएको छ भने रामचन्द्र पौडेलको सभापतिका उम्मेदवार भनेर भोट माग्ने भन्दापनि अप्रत्यक्ष रुपमा प्रचार थालिएको छ । तर सभापति सुशील कोइरालाको भने कहि कतै प्रचार सुरु भएको छ ।
बरिष्ठ नेता देउवालाई सभापतिको उमेदवार भन्दै शंकरदेव क्याम्पसका पूर्व स्ववियु सभापति डेकराज भट्टराईले आफ्नो समाजिक संजाल मार्फत भोट माग्न सुरु गरेका छन् । त्यस्तै शंकरदेव कै अर्का नेता प्रज्वल दवाडिले पनि देउवाको पक्षमा समाजिक संजालमा भोट मागेका छन् ।

त्यसैगरि सभापतिको उमेदवार नभनेपछि उपसभापति रामचन्दै पौडेलको पनि सामाजिक संजालमा प्रचार सुरु भएको छ । तनहुँको शैलेश नामबाट पौडलका भनाईहरु सहितको प्रचार सामाग्री राखेर प्रचार सुरु गरेका छन् । केहि समय अगाडि पौडेलका सहयोगि चिरिन्जीवी अधिकारीको समाजिक संजाल फेसबुकमा मेरो नेतृत्वले मात्रै पार्टीमा भइरहेको ६०/४० को भागबण्डाको अन्त्य हुने भनाई सहितको प्रचार सामाग्री राखेर प्रचार सुरु गरेका थिए । यसरी सामाजिक संजालमा कांग्रेसको १३ औं महाधिवेशनलाई लक्षित गरि नेताहरुको प्रचार सुरु भएपछि नेपाल साप्ताहिकका सम्पादक प्रशान्त अर्यालले कांग्रेस महाधिवेशनलाई लक्षित प्रचार सुरु भएछ भनेर सामाजिक संजालमा नै टिप्पणी गरेका छन् ।
Post a Comment