Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

निशुल्क कान शिविर सम्पन्न

मोरङ समाचारदाता
असार १४ सोमवार /
मोरङको सुन्दरदुलारी नगरपालिको स्थित गोठगाँउमा निशुल्क कान शिविर आज सम्पन्न भएको छ ।
नेपाल भारत मैत्री कान चिकित्सा शिविरको सहयोग तथा वीपी नेत्र प्रतिष्ठान , वाल आँखा कान पुर्नस्थापना सेवाको आयोजनामा भएको एक दिने शिविरमा महिला तथा बालबालिका गरी ५ सय ६५ जनालाइ निशुल्क सेवा प्रदान गरिएको थियो ।
सिविरमा १ सय ३० जनालाई कानको शल्यक्रिया गर्न छनौट गरिएको र उनीहरुलाइ विराटनगर स्थित आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने जनाइएको छ । उनीहरुलाइ असार–१७ गतेसम्म शल्यक्रिया गरिने बताइको छ ।
शिविरमा १ सय २४ जना सुस्त श्रवणलाई श्रवणयन्त्र वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष डा. संजिव उपाध्यायले बताउनुभयो । शिविरमा डा सदन वरुवाल, डा. लोना माथेमा श्रेष्ठले उपचार सेवा प्रदान गर्नु भएको थियो ।
यस अघि रंगेली तथा उर्लावारीमा शिविरको आयोजना भइसकेको र केहि दिनमा मोरङको आमवारीमा सिविरको आयोजना गर्न लागिएको औषधि व्यवसायी दिना मण्डलले बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget