Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

महाभुकम्पको क्षती सार्वजनिक

विराटनगर

जेठ, १८ सोमवार/

वैसाख १२, १३ र २९ गते गएको महाभुकम्पवाट विराटनगर क्षेत्रका १८ वटा निजि तथा सरकारी भवनमा क्षती पुगेको नेपाल इन्जीनियर एसोशिएसन विराटनगरले आज सार्वजनिक गरेको छ ।

एसोशिएसनले विराटनगरमा आज पत्रकार सम्मेलनगरी प्रारम्भिक क्षतीको विवरण तथा संरचना सुधार उपायवारे प्रतीवेदन सार्वजनिक गर्दै सो जानकारी गराएको हो ।

भुकम्पका कारण विराटनगर स्थित राष्ट्रिय समाचार समितिको कार्यालय, नगरपालिकाका ६ नम्वर १७ नम्वर वर्डा कार्यालय भवन, तिनपैनीमा रहेको नगरपालिकाको वारुण यन्त्रको पुरानो घर , वार्ड नम्वर २१ को हुलास मेटल फेक्ट्रि, डिग्रि क्याम्पसको भवन, जिल्ला प्रसासन कार्यालयको प्रमुख जिल्ला अधिकारीको क्वाटर लगायतका भवनमा वस्ने नमिल्नगरी  क्षती पु¥याएकाले रातो स्टिकर टास गरिएको इन्जिनियर भरत न्यौपानेलेब बताउनुभयो ।

यसैगरी ८२ वटा भवनमा सावधानका साथ मर्मत गरेर वस्न मिल्ने भन्दै पहेलो स्टिकर टास गरिएको न्यौपानेले बताउनुभयो । यसैगरी विभिन्न प्रविधि प्रयोग गरेर बनाउन सुझाव दिदै १ सय २१ वटा भवनमा हरियो स्टिकर टास गरिएको छ । सो पत्रकार सम्मेलनमा वोल्दै विराटनगर उप–महानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले नक्सा पास नगरीकन बनाएका विराटनगरका घरलाइ कडाकार्वाही गरिने बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget