Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

यात्रुले आफैंमाथि आगो लगाएर आत्महत्या

काठमाडौं, आषाढ १५ ।

जापानमा गुडिरहेको एक बुलेट रेलभित्र एकजना यात्रुले आफैंमाथि आगो लगाएर आत्महत्या गरेका छन् ।

कासिन्कान्सेन बुलेट रेलभित्र एकजना यात्रुले आफैंमाथि आगो लगाउँदा उनीसँगै रहेकी अर्की महिलाको समेत मृत्यु भएको छ । ती व्यक्तिले पेट्रोल छर्केर आफैंमाथि आगो लगाएका थिए । घटनामा कम्तिमा ६ जना घाइते भएका छन् ।

राजधानी टोकियोबाट ओसाका जाँदै गएको रेलमा एक हजार यात्रु चढेका थिए । अधिकारीहरुले ती व्यक्तिले आफैंमाथि किन आगो लगाए भन्नेबारे अनुसन्धान भइरहेको जनाएका छन् ।

जापानको बुलेट रेल विश्व मै सबैभन्दा सुरक्षित मानिन्छ । यसको ५० वर्षे इतिहासमा रेलसँग जोडिएर कुनै पनि दुर्घटना भएको छैन । (एजेन्सी)
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget