Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रहरी कर्मचारीहरु दुइनम्बरी धन्दामा संलग्न


खगेन्द्र घिमिरे


सुनसरी, २०७२ असार १४ गते




सरकारको माथिल्लो तहमा सशस्त्र प्रहरीलाई पक्राउ गर्ने लगायतका अतिरिक्त अधिकार दिने बिषयमा छलफल चलिरहेको बेला पूर्वी नाका काकँडभिट्टामा खटिएका शसस्त्र प्रहरी कर्मचारीहरु दुइनम्बरी धन्दामा संंलग्नहरुसँग पैसा असुल्न तल्लिन भएको पाईएको छ । झापाका काकडभिट्टामा रहेको शसस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका इन्सपेक्टर देखी जवान सम्मले दुईनम्बरी धन्दा गर्नेहरुसँग मासिक पैसा उठाउने गरेको पाईएपछी उहिरु पैसा उठाउन तल्लिन भएको पुष्टि भएको होे । यस अघि पटक पटक उनिहरुले बिच सडकमा चेकप्वाईन्ट खडा गरेर वारीपारी गर्ने पोके ब्यापारीसग सय पचास रुपया असुल्दै आएको घटना मात्र बाहिर आएको भएपनि यसपटक उनिहरुको संगठीत आर्थिक अपराध उजागर भएको हो ।
शसस्त्र प्रहरीले सिमावर्ती भारतीय बजार पानिटेकीबाट साइकल तथा रिक्सामा दैनिकजसो सामान लिएर आउने पोके ब्यापारीहरुबाट मासिक नजराना लिने गरेका छन् । उनिहरुले कारोबारको परिमाण हेरी साईकलमा सामान ल्याउनेसँग मासिक ७ हजार र रिक्सामा ल्याउने प्रत्ेयक ब्यापारीसग ५ हजार रुपँयाका दरले रकम असुल्ने गरेका ् महिला ब्यापारी पुष्पा न्यौपाने बताउछिन ।
उनिहरुले बारीपारी गर्ने अपाङ्ग देखी महिला बृद्धबृद्धा सबैसग मासिक नजराना लिने गरेका छन् । राजस्व तथा भन्सार नियन्त्रण गुल्म काकडभिट्टाका शसस्त्र प्रहरीले बारीपारी गर्ने अपाङ्गबाट मात्र मासिक २ हजारका दरले पैसा असुल्ने गरेको बुद्ध लाल शहा स्वयम्ै बताउँछन् । यसरी दैनिक सामान वारीपारी गर्ने अपाङ्ग लगभग ३० जना रहेको उनिहरुको भनाई छ ।
राजस्व चुहावट नियन्त्रण गर्न खटिएका े शसस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म काकरभिटाका डिएसपी रामहरी अधिकारीले इन्सपेक्टर हरि पराजुलीलाई सिभिल डेस्रमा ब्यपारीसँगको सम्पर्कमा खटाउने गरेका छन् ।

पराजुलीले फोनमार्फत ब्यापारीसँग पैसाको सेटीङ मिलाउने गरेका छन् । ब्यापारीहरु सग फोनमा धेरै नबोल्ने पराजुलीले ब्यापारीहरुलाई आफ्ना बरिष्ठ हवल्दार इन्दल सिंहलाई भेटेर काम गर्न निर्देशन दिने गरेका छन् । उनले पुर्वीनाका ककडभिट्टा भएर अवैध सामान भित्रायाउने झापा मोरङ र सुनसरीका करिब ३० वटा समुहसँग मासिक डिल गर्ने गरेको बुझिएको छ । सिंहले प्राय गरेर भारतको पानिटेकी र काकडभिट्टाको शेरेपञ्जाव होटलमा ब्यापारीहरुलाई बोलाई पैसा लिने गरेका ब्यापारीहरु नै बताउँछन् ।
ब्यापारीहरुबाट दैनिक तथा मासिक रुपमा पैसा असुल्न पल्केका शसस्त्र प्रहरीले बारम्बार ब्यापारीहरु सँग फोनमा बार्गेनिङ गर्ने गरेका छन् । उनिहरुले तोकेको समयमा पैसा नदिए सामान पक्रिने गरेका छन् ।
केहि समय अघि धुलाबारीका ११ जना पोके ब्यापारीहरुबाट प्रतिब्यक्ती मासिक ५ हजारका दरले पैसा असुल्दै आएका शसस्त्र प्रहरी सिमा सुरक्षा बल चन्द्रगढीका बरिष्ठ हवल्दार रमेश कुवरले सामन पक्राउ गरेका थिए । उनिहरुबाट सिमा सुरक्षा बल चन्द्रगढीका एसपी प्रेम पोखरेल लगायत उच्च पदस्थत प्रहरीका लागि भन्दै मासिक ५५ हजार असुल्दै आएका कुवँरले नै आफ्नो सामान पक्राउ गरेपछी पोके ब्यापारीहरु आन्दोलित समेत भएका थिए । आन्दोलनका क्रममा शसस्त्र सिमा सुरक्षबलको कार्यालय समेत घेराउ गर्दै पैसा खाएर सामान पक्रिने कुवरलाई कार्वाही गर्न माग गरेका थिए । तर सिमा सुरक्षा बल चन्द्रगढीका एसपी प्रेम पोखरेले आफ्ना कर्मचारीलाई कर्वाही गर्नुको साटो जोगाएको आरोप ब्यापारीहरुको छ ।
झापामा राजस्व चुहावटका निमित्त खटिएका शसस्त्र प्रहरीको कर्तुत यतिमा मात्र सिमित छैन । उनिहरुले जनपद प्रहरीका कर्मचारीले ब्यापारीको सामान पक्राउ गरेको भन्दै झापाको काकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका प्रहरी कर्मचारीलाई समेत कुटपिट गरेका छन् । यो बर्ष मात्र इलाका प्रहरी कार्यालय काकडभिट्टाका २ जना प्रहरी कर्मचारीलाई कुटेका छन् । केही दिन अघि भारतबाट अवैध रुपमा ल्याउदै गरेको पाँच लिटर खानेतेल जनपदका प्रहरी कर्मचारीले समातेपछि भन्सार नियन्त्रण गुल्म काकडभिट्टाका शसस्त्र प्रहरीका सशस्त्रका असई दिपककुमार श्रेष्ठले जनपथ प्रहरीका एक प्रहरी कर्मचारीमाथी बिच सडकमै कुटपिट गरेका थिए । कुटपिटपछी सत्य तथ्य छानबिनका लागी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरीएको छ । यतीमात्र होइन भन्सार नियन्त्रण गुल्मका शसस्त्र प्रहरीले बारम्बार इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रहरी कर्मचारीलाई कार्यालयमै आएर थकाउर्ने गरेको प्रहरी श्रोतको दाबी छ । उनिहरुले आफ्नो काममा अवरोध भए जनपदका कर्मचारीलाई जे पनि गर्नसक्ने भन्दै धम्क्याउने गरेका छन् ।
बारम्बार बिबादमा परिरहने शसस्त्र प्रहरीले मेची पुल र भन्सार गेटमा चेकप्वाइन्ट खडा गरी भिजिलान्ते युवालाई खटाएर पैसा असुल्ने गरेको छ । उनिहरुले भारतीय मुलका युवाहरुलाई खटाएर अबैध सामान ओसारपसार गर्नेहरुसग पैसा असुल्ने गरेका छन् । काकडभिट्टामा मात्र होइन महेन्द्र राजमार्गकोे जोरसिमलमा चेक प्वाइन्ट खडा गरी हरेक ब्यापारीहरुबाट दैनिक ५० देखि १ सय रुपया सम्म लिने गरेको ब्यापारीहरु बताउछन् । नजिकैको सुनसान चारआली जंगलको बिचमा हरेक दिन बेलुकी पख चेक पोईन्ट खडा गरि बसेका शसस्त्र प्रहरीले रकम असुल्ने गरेको पाइएको छ । उनिहरुले बिना भन्सार छिरेको सामन भन्सार बुझाउनुको सट्टा आधा घण्टा सम्म बार्गेनिङ गरि पैसा लिएर छाड्ने गरेका छन् ।
झापाको काकडभिट्टा नाकाबाट यसरी भित्रिएका दाल चामल चिनी लत्ताकपडा रजनीगंदा लयायतका सामग्री शसस्त्र प्रहरीकै मिलेमतोमा झापाको बिर्तामोड, दमक, मोरङको उर्लाबारी सुनसरीको इटहरी र काठमाण्डौ सम्म पुग्ने गरेका छन् । काकडभिट्टाको मेची पुल, भन्सार गेट, जोरसिमल र चारआली जंगलमा गरी १६ किलोमिटरको दुरीमा शसस्त्र प्रहरीका मात्र चार ठाउँमा चेक प्वाईन्ट रहेको छ । तर यती छोटो दुरीमा चेकजाचका नाममा ४÷४ ठाउमा चेकप्वाईन्ट खडा गरीनुलाई प्रहरीको कमाईखाने बहाना मात्र भएको जानकारहरु बताउछन् ।
यता ब्यापारीहरुसग मासिक रुपमा पैसा असुल्न पल्केका इन्सपेक्टरदेखी डिएसपि सम्मको स्वर एकै खाले पाइएको छ । ब्यापारीसग पैसा असुल्ने आफ्ना प्रहरीलाई कार्वाही गर्ने भन्दै शसस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका डिएसपी रामहरी अधिकारी क्यामेरामा बोल्न ऐन बिपरित हुने भन्दै पन्छिए । सरकारी ढिकुटीको सेवा सुबिधा लिएर सिमा क्षेत्रमा हुने तस्करी नियान्त्रणमा खटिएका सरकारी कर्मचारीकै मिलेमतोमा तस्करी फस्टाउनुले शसस्त्र प्रहरीको सांगठानिक नियतमा शंका उत्पन्न भएको छ । त्यसैले तस्करी नियन्त्रणको जिम्म यस्ता गैह् जिममेवार कर्मचारीलाई दिदा अव सिमा क्षेत्रमा चोरी,तस्करी,अपराधिक क्रियाकलाप घट्छ कि फस्टाउछ बुझन नसकिने भएको छ ।

-purbeli

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget