Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संवैधानिक बाल आयोगको माग

पाल्पा, १४ असार /

नयाँ संविधानमा बालबालिकाको पहिचानको सुनिश्चितता एवम् संवैधानिक बाल आयोगको माग सहितको नौबुँदे पाल्पा घोषणापत्र २०७२ जारी गर्दै पाल्पाको बालभेला सम्पन्न भएको छ ।
घोषणापत्रमा जिल्लाका आवधिक योजनामा समाजका हरेक संरचना बालमैत्रीपूर्ण बनाउन ठोस नीति ल्याइनुपर्ने तथा बालबालिकाका लागि तयार पारिएको दीर्घकालीन रणनीतिक योजनालाई जिल्लाका सबै सरकारी÷गैरसरकारी तथा निजी क्षेत्रले मार्गदर्शकका रुपमा लिएर योजना निर्माण तथा कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।
जिल्ला बालमञ्च पाल्पाको पाँचौँ अधिवेशनमा बालबालिका शान्ति क्षेत्र, बालबालिकामाथि हुने सबै प्रकारका दुव्र्यवहारबाट संरक्षण तथा स्थानीय निकायको लक्ष्यित वर्गअन्तर्गत बालबालिकाका लागि विनियोजित रकमको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने सहभागीले जोड दिएका थिए । ८५ बालबालिका सहभागी रहेको बालभेलाले सम्पूर्ण रायमाझीको अध्यक्षतामा जिल्ला बालमञ्चको समेत चयन गरेको छ ।

मञ्चको उपाध्यक्षमा निमन राना, सचिवमा सुबोध खनाल, सहसचिवमा शोभा बस्याल र कोषाध्यक्षमा नबिना बस्याल चयन हुनुभएको छ । सदस्यहरुमा पुष्पा नेपाली, मीना उचै, विजय बस्याल, गङ्गा सारु, विवेक पाण्डे, लक्ष्मण सिंजापति, रविन पौडेल र जीवन पाण्डे रहनुभएको छ । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget