Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मर्स रोगका कारण कोरियामा दुईजनाको मृत्यु

काठमाडौं, जेष्ठ १९ /

पछिल्लो समय विश्वभरमहामारीको रुपमा फैलिएको मिडिल इस्ट रेस्पिरेट्री सिंड्रोम (मर्स) नामक रोगका कारण दक्षिण कोरियामा दुईजनाको मृत्यु भएको छ ।

साउदी अरब र मध्यपूर्वी देशहरुमा देखा परेको मर्सका कारण विश्वभर हालसम्म ४ सय ७९ जनाको मृत्यु भइसकेको छ ।  यो रोगबाट संक्रमित हुनेको संख्या १ हजार १ सय ६९ जना पुगेको छ ।

साउदी अरबबाट मलेसिया फर्केका एक व्यक्तिमा देखापरेको मर्स रोगको संक्रमण विश्वका थुप्रै देशहरुमा देखापरेको थियो । यस रोगबाट संक्रमितहरुमध्ये २७ प्रतिशतको मृत्यु भइसकेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यो रोग लागेमा मानिसहरुमा रुघा खोकी र ज्वरो हुनुकासाथै मृगौलामा असर पुग्ने चिकित्सकहरुले जताएका छन् । (एजेन्सी)
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget