Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

स्पर्ष नेपालद्धारा तीन सम्मानित

विराटनगर , असार १ मंगलवार /
लागुऔषध क्षेत्रमा कार्यगर्दे आएको स्पर्ष नेपाल मोरङले आफनो सातौ वार्षिक उत्सवको अवसरमा विभिन्न विधाका तीनजनालाई आज विराटनगरमा सम्मान गरेको छ ।sparsa ko proस्पर्ष नेपाल सुधार केन्द्रलें नेपाल टेलिभिजनका मोरङ सम्वाददाता कौशल निरौला, लागु औषध दूव्यर्सन नियन्त्रणमा लामो समयदेखी कार्यरत रहनु हुने संजिव चापागाइ तथा लागु औषध नियन्त्रणमा सहयोग पु¥याउने इलाका प्रहरी कार्यालय रानीलाइ सम्मान गरेको हो ।
उहाँहरुलाइ जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी प्रमुख एंव प्रहरी उपरिक्षक तारणीप्रसाद लम्साल, साहित्यकार नवराज सुव्वाले दोसल्ला ओढाइ नगदवाट सम्मान गर्नु भएको थियो । इलाका प्रहरी कार्यालयको तर्फवाट प्रहरी निरिक्षक गंगा पौडेलले सम्मान ग्रहण गर्नु भएको थियो ।
सम्मान कार्यक्रममा वोल्दै एसपी लम्सालले लागु औषध नियन्त्रमा सवैको सामुहिक प्रयास आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा साहित्यकार नवराज सुव्वा , जिल्ला विकास समितिका अधिकृत झमक भट्राइ , संजिव चापागाइ, प्रेश युनियन मोरंगका अध्यक्ष मिनकुमार नवोदित सम्मानित पत्रकार कौशल निरौला तथा केन्द्रका अध्यक्ष संजिव खडकाले, लागु औषध नियन्त्रणका लागी सवै मिलेर अघि वढनुपर्नेमा जोड दिनु भयो ।
केन्द्रले अहिले सम्म १ सय ९६ जनालाइ उपचारगरी समाजमा फर्काएको र केन्द्रमा अहिले २१ जना रहेका छन ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget