महाभुकम्प बाट अति प्रभावित जिल्ला धादिङमा घर टहरा तथा राहत वितरण गरेर नेपाली कांग्रेस मोरङको टोली आईतबार फर्केका छन् । ५१ जनाको मोरङ कांग्रेसको टोली धादिङको बेनिघाटको दलित बस्ती , चेपाङ बस्ति तथा नलाङ गा.वि.स.मा काम गरेर फर्केको हो । ७ दिन सम्म उक्त क्षेत्रमा बसेर टोलीले काम गरेको थियो । टोलीले १५० अस्थायी टहरा निर्माण गर्नुका साथै ७५ वटा चर्केका घरहरुलाई भत्काएर व्यवस्थापन गरेको थियो ।

टोलीले नौ हजार किलो चामल र एक हजार किलो दाल स्थानिय भुकम्प पिडितलाई वितरण गरेको थियो । स्थानियहरुको स्वास्थ्य जाँचका लागि मोरङ गएका चिकित्सकहरु डा. सुरेन्द्र आचार्य र डा. देवराज घिमिरेको टोलीले स्वास्थ्य परीक्षण तथा औषधी वितरण समेत गरेको थियो ।
नेपाली कांगे्रस केन्द्रीय कार्यसमितीको निर्णय अनुसार केन्द्रबाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरे तथा मोरङ कार्यसमितीको निणयबाट जिल्ला सदस्य तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन निरौलाको संयोजनमा नेवि संघका नेताहरु,बासु कोईराला , ललित श्रेष्ठ, शुभाष भण्डारी , कृष्ण कार्की , प्रशान्त निरौला , होम पोख्रेल , सेन्ट्रो महत, देव घिमिरे , तरुणदलका नेताहरु सञ्जय थापा , अनिल रिजाल, संजय घिमिरे , महेन्द्र धिमाल लगायत कांग्रेसको जम्बो टोली जेठ १० गते धादिङ तर्फ गएको थियो ।
टहरा निर्माण तथा राहत वितरणको क्रममा कांगे्रसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला , सभाषद डिगबहादुर लिम्बु लगायतले अनुगमन गर्नुभएको थियो ।
Post a Comment