Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

छोरीको आशमा १३ भाइ छोरा

४ जेठ, काठमाडौं ।
हाम्रो देशमा छोराको आशमा दम्पतीहरुले धेरै छोरी जन्माउने गरेका उदाहरण प्रसस्तै पाइन्छन् । गर्भमै लिंग पहिचान गर्न सकिने र गर्भपतले कानूनी मान्यता पाइसकेको अवस्थामा छोराको आशमा लगातार छोरी पाउने क्रममा भने केही कमी आएको छ पछिल्लो समयमा । तर अमेरिकाको जस्तो विकशित देशमा भने यस्तो प्रथा अझै कायम रहेछ, यद्यपि छोराको आशमा होइन, छोरीको आशमा ।अमेरिकाका एक दम्पतिले छोरी पाउने आशमा लगातार १३ वटा छोरा जन्माएका छन् ।अमेरिकाको मिचिगनका जे सेवान्डिट र क्याटेरी सेवान्डिटले बुधबार आफ्नो १३ औँ सन्तानलाई स्वागत गरे । यसअघिका १२ वटै सन्तान छोरा रहेकोमा अहिले छोरी जन्मिने आशामा उनीहरु थिए, तर सोँचेजस्तो भएन । १३ औँ सन्तान पनि पुलिंगै भइदियो ।

आखिर अमेरिकाजस्तो अत्याधुनिक चिकित्सा पद्धति भएको देशमा पनि किन यसरी लगातार बच्चा जन्माउनु आवश्यक थियो र ? के उनीहरुले गर्भको बच्चाको लैंगिक परीक्षण गराउन नसक्ने थिए र ? भन्ने प्रश्न उठ्छ । तर कुरो के रहेछ भने उनीहरुको परिवारको परम्परामा नै गर्भको बच्चाको लिंग परीक्षण गराउन बन्देज रहेछ । त्यसैले उनीहरुले गर्भको बच्चाको लिंग परीक्षण गराउन यो पाला पनि पाएनन् र छोरीको आशामा लगालग छोरा जन्माइरहेका छन् ।१३ भाई छोराका बाबु जेका अनुसार यो पाला श्रीमतीले छोरी जन्माउँछिन् भन्ने आशा उनलाई थियो ।अामा क्याटेरीलाई आफुले १३ छोरा जन्माएकोमा कुनै अनौठो लागेको छैन । किनकी उनी पनि १३ सन्तान भएको परिवारकी १३ औँ छोरी हुन् ।
स्वान्डिट परिवारका १३ छोरामध्ये जेठा छोरा टेलको उमेर २२ वर्ष छ भने अहिले जन्मेका कान्छा भन्दा माथिल्लो छोरा जम्मा २१ महिनाका छन् ।कान्छो छोराकेा नाम के राख्ने भनेर अहिले बच्चाका बाउआमा तथा दाजुहरु समेत घोत्लिरहेका छन् तर अझै नाम जुरिसकेको भने छैन ।अब १४ औँ बच्चा पनि जन्माउने हो ? भन्ने प्रश्नमा जे भन्छन्, ‘हुँदै हुन्न भन्ने कुरा भन्नै सकिन्न ।’


13 jana xoraa xoro=iएजेन्सी
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget