Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

गुगलले मनायो नेपालको गणतन्त्र दिवस


विश्वको नम्बर एक सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसलाई सेलिव्रेट गर्दै आफ्नो होमपेजमा सम्मान ब्यक्त गरेको छ ।
देशअनुसार बिभिन्न पर्वलाई थिम बनाएर गुगलले आफ्नो पेजमा राख्ने गर्छ । जसलाई गुगल डुडल पनि भनिन्छ ।

नेपालको गणतन्त्र दिवसको अबसरमा गुगलले पहिलोपटक आफ्नो सर्च इन्जिनको होमपेजमा स्वयम्भू, पशुपतिनाथ र मैनबत्तिको बिशेष आकृति राख्दै नेपालप्रति सम्मान प्रकट गरेको छ ।
गुगलले आफ्नो ब्लग पोष्टमा लेखेको छ- एक दशक लामो विद्रोह र आन्दोलनपछि सन् २००८ मे २८ मा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो । सात वर्षपछि नेपाल शान, शान्ति र अधिकारको अन्तराष्ट्रिय प्रतिक बनेको छ ।’
गुगलले आफ्नो डुडल पेजले आजका दिन सारा नेपालीलाई आफु बिश्वका लागि प्रेरणा बनेको महसुस गराउने बिश्वास ब्यक्त गरेको छ । नेपालीहरुको उच्च लगनशीलताले हामी सवैको मार्गमा प्रकाश छर्ने गुगलले विश्वास लिएको छ ।
हालैको विनाशकारी भूकम्पछि सारा बिश्वको मन र मष्तिस्क नेपाल र नेपालीसँगै रहेको भन्दै गुगलले भनेको छ- यो तस्वीरले राष्ट्रिय दिवसको उत्सव, बुद्धको प्राथना र बिश्वका लागि मार्गदर्शक प्रकाशको अर्थ दिने छ ।
नेपालबाट गुगल सर्च गर्ने सवै ग्राहकले आज गणतन्त्र दिवसको ब्यानर देख्नेछन् । प्रयोगकर्ताले यसलाई सामाजिक संजालमा सेयरसमेत गर्न सक्छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget