रंगेली, ३ चैत । मोरङको रंगेलीमा बिहीबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ठक्करबाट झापा महाभारा गाविस बस्ने अं.३५ वर्षीय दीपक महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।


हुलाकी राजमार्गअन्तर्गत मोरङको रंगेली नगरपालीका वार्ड नं.९ स्थित सडकमा विराट पोल्ट्री फर्मको को १ क १८४६ नम्बरको ट्रकले मे ७ प ८२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा महतोको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । मृतक महतोको शव जिल्ला अस्पताल रंगेलीमा राखिएको छ ।
प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । मृतक महतोको शव जिल्ला अस्पताल रंगेलीमा राखिएको छ ।
Post a Comment